skip this वडा नं १६ बालाजु च:मती

राप्रपाको बैठक आज पनि बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठक आज आइतबार बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।