skip this वडा नं १६ बालाजु च:मती

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

नेपालले आयरल्यान्डको ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै पहिलो टी–२० सिरिज जितेको हो । टोलीले १६।१ ओभरमा चार विकेट गुमाएर १२२ रनको लक्ष्य सफलतापूर्वक पुरा गर्यो। कुशल भुर्तेलले ३७ रन बनाए भने सन्दीप जोराले ३५ बलमा ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरी र आसिफ शेख दुवैले २० रन बनाए भने गुलसन झाले ४ रनको योगदान दिए । आयरल्याण्डको बलिङ टोलीले दुई विकेट लिए भने बेन ह्वाइट र थोमस मासले एक–एक विकेट लिए । आयरल्याण्डको ए टोलीले २० ओभरमा १२१ रन बनाएको थियो भने स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए ।