skip this वडा नं १६ बालाजु च:मती

एलजीको नानोसेल टिभी सार्वजनिक

चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ ।

यो नयाँ टिभीले नेपालमा पाउने एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीको भनाइ छ । जसमा ३२” देखि ८६” सम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।

कम्पनीका अनुसार यस एटिभीमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्बिरको गुणस्तरमा क्रान्ति ल्याएको छ। यसको न्यानोपार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्दछ ।

यस बाहेकका विभिन्न फिचर भएका उक्त टिभी ग्राहकले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ(कमर्स साइट  cgdigital.com.np र नेपालभरि विस्तृत डिलर नेटवर्क मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।