skip this वडा नं १६ बालाजु च:मती

नेपालमा भारतको बिरोध गरेर राष्ट्रवादी देखिन खोज्ने गलत प्रवृती हाबी छ :राजाराम श्रेष्ठ , नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय उपाध्यक्ष

यहाँ नेपाल भारत मैत्री संगठनका अन्तराष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ यो संगठनको उदेश्यबारे प्रकास पारी दिनुस न ?
नेपाल भारत मैत्री संगठनको उदेश्य नामै बाट पनि प्रष्ट हुन्छ । यसको मुल उदेश्य नेपाल र भारत बिचको सम्बन्ध जनस्तरमा, सरकार सरकार स्तरमा, कर्मचारी स्तरमा पनि सुमधुर बनाउने हो । एक अर्काको सहयोगी हुने वातावरणको निर्माण गर्ने हो ।बुँदागत रुपमै भन्नु पर्दा नेपाल भारत मैत्री संगठनले मुलत: चार बटा विषयमा सम्वन्धलाई सुमधुर बनाउने काम गर्दछ । जसमा नेपाल भारत सांस्कृतीक सम्बन्ध, नेपाल भारत धार्मिक सम्बन्ध , नेपाल भारत व्यवसायीक सम्बन्ध, नेपाल भारत कुटनीतिक सम्बन्धलाई सुढृड बनाएर एक अर्कबाट लाभ लिने हो । त्यस्तै कतिपय विषयमा नेपाल र भारत बिच समस्या पनि छन यी समस्या हल गर्न नसकिने खालाका छैनन समस्या समाधान गर्न सकिने खालका छन । यी समस्या समाधान गर्न पनि पहल गर्दछौ । नेपालमा अहिले पनि कतिपय मान्छेहरुमा भारतको विरोध गरेर राष्ट्रवादी हुने भन्ने धारणा छ । यो गलत धारणा हो । भारतको विरोध गरेर होईन सम्बन्ध राम्रो बनाउन सके राष्ट्रवादी भईन्छ भन्ने धारणा विकास गर्नु पर्दछ । नेपाल भारत दुवै स्वतन्त्र मुलुक हुन भारतको सार्वभौमिकता जुन स्तरको महत्व छ, नेपालको पनि सोही किसिमको महत्व छ । नेपाल एउटा सार्वभौम राष्ट्र हो भारत सामु झुक्न पनि जरुरी छैन , नचाहिदो किसिमले बिरोध गर्न पनि हुन्न। दुई देश बिचको सम्बन्ध जति समधुर बनाउन सक्यो त्यती नेपाललाई लाभ हुन्छ ।

नेपाल भारत बीचको सम्बन्ध मजबुत बनाउन संगठनको तर्फबाट योगदान दिन त मैत्री संगठन पनि मजबुत बन्नु पर्दछ अहिल नेपाल र भारतमा संगठनको अवस्था कस्तो छ ?

यो अन्तराष्ट्रिय संगठन हो । यसको भारतमा छुट्टै केन्द्रीय समिती छ , नेपालमा छुट्टै केन्द्रीय समिती छ । दुईवटा केन्द्रीय समितीको सहकार्यमा सम्बन्धलाई समधुर बनाउने काम हुन्छ । त्यसैगरी दुई देशका प्रतिनिधि रहने अन्तराष्ट्रिय कमिटी पनि छ ।जसको बनोट कसरी हुन्छ भने अध्यक्ष दुबै देशबाट एक जना हुन्छन । उपाध्यक्ष दुई जना हुन्छन । जसमा एक जना नेपालबाट र एक जना भारतबाट हुन्छन । महासचिवमा पनि भारतबाट एक जना र नेपालबाट एक जना गरी दुई जना रहने र कुल पाँच जनाको अन्तराष्ट्रिय कमिटी रहन्छ । यो स्थायी स्वभावको हुन्छ । राष्ट्रिय कमिटीहरु राष्ट्रिय स्तरमा प्रदेश स्तरमा र जिल्ला स्तरमा हुन्छन ।हाल भारतमा एघारवटा प्रदेशमा कमिटी छन । नेपालमा २५ जिल्लमा कमिटी छन । संगठन विस्तार हुने क्रममा छ । अहिले लगभग २४ हजार सदस्य छन ।

अहिले नेपाल भारत बिचको व्यापारमा नेपाललाई व्यापार घाटा छ । यो संगठनले त्यो व्यापार घाटा कम गर्न पनि पहल गर्ने छ । दुई देश बिचका समस्या समाधान गर्न सांसदहरुसंग छलफल गर्ने ,संसदमा कुरा उठाउने गर्दछौ । भारतकाले भारतमा कुरा उठाउनु हुन्छ । नेपालकाले नेपालमा । पछिल्लो सहयोग कुरा गर्दा महाकुम्भ स्नान गर्न भारतको प्रायगमा जाने नेपालीहरुलाई भोजन गराउने, स्नान गर्न सहज होस भनि सहजी करण गर्ने काम भारतको कमिटीले गर्यो । यो काम ४५ दिन सम्म गर्यो । शिविर नै खडा गरेर वास बस्न , भोज गर्न स्नान गर्न सहजी करण गर्ने काम गर्यो ।

अहिले सम्म संगठनको स्थापनाको उदेश्य कति पुरा गर्नु भएको छ ?
संगठन स्थापना भएको पनि धेरै भएको छैन ।यसको स्थापना भएको लगभग १२ बर्ष भयो । यसको उदेश्य पवित्र छ । असल मनसाय र पवित्र उदेश्य सहित अगाडी बढे गन्तव्यमा पुगिन्छ । कुनै लोभ पाप नराखी दुई देशको सबन्धलाई बलियो बनाउने । बलियो बनेको सम्बन्धका आधारमा दुवै देशलाई लाभ हुने काम कसरी गर्ने भन्ने हो । ठुलो देश भएकोले भारतसंग झुक्ने भन्ने हुदैन । बराबरीको आधारमा सम्बन्ध अगाडी बढाउने हो । हो भुगोल र जनसंख्यामा भारत नेपाल भन्दा ठुलो छ । भारत विश्वको सबै भन्दा बढी जनसंख्या भएको देश हो । उत्तरमा चिन पनि त्यस्तै ठुलो छ । यस्ता विशाल देशको बिचमा रहेको हाम्रो जस्तो देशले आफ्नो स्वाभिमान आफ्नो स्वाधिनाता अच्छुण राख्दै दुवै छिमेकीबाट लाभ लिनुपर्दछ । त्यसको निम्ती उचित भिजन र दृष्टीकोण हुनुपर्दछ । अहिले देशको आर्थिक अवस्था कहाली लाग्दो छ । रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको छ । सृजनशिल युवा विदेश पठाएर रेमिट्यान्सले अर्थतन्त्र धान्नु राम्रो होईन । युवालाई देशमै फर्काएर रोजगारी दिन सक्ने वातावरण बनाउनु पर्दछ । भाषणले देश संमृद्ध बन्दैन, सुशासन आउँदैन, स्थायीत्व आउदैन । एउटा भिजन र आत्मविस्वास साथ देशको निम्ती गर्दछु भने गर्न सकिन्छ । हामी त्यही बाटोमा अग्रसर छौ ।

यहाँ राप्रपाको पुर्व महामन्त्री हुनुहुन्छ कतै नेपाल भारत मैत्री संगठनले पनि धर्म संस्कृतीको नाममा राजनितिकत गर्दैन ?
धर्मको नामम राजनिति गर्दै हुदैन तर राजनीतिमा धर्म हुनु पर्दछ । अर्थात धर्मछाडा राजनिति गर्नुहुदैन । म राप्रपाको पुर्व महामन्त्री भए पनि यसमा सबै राजनीतिक दलका साथीहरु हुनुहुन्छ । यो विशुद्ध दुई देश बिच मुलत: चार बटा विषयमा सम्बन्धलाई सुमधुर बनाउने काम उदेश्य सहित अगाडी बढी रहेको छ । जसमा नेपाल भारत सांस्कृतीक सम्बन्ध ,नेपाल भारत धार्मिक सम्बन्ध , नेपाल भारत व्यवसायीक सम्बन्ध, नेपाल भारत कुटनीतिक सम्बन्ध सुढृड बनाएर एक अर्कबाट लाभवबन्धित हुने हो ।यसले कुनै पनि धर्मको बढवा गर्ने भन्दा नेपालमा हिन्दु बौद्ध जैन लगायत धेरै धर्म छन यसले सबैको प्रर्वधन गर्दछ ।

नेपाल भारतबिच सिमा लगायतका समस्या छन, यी समस्या समाधान गर्न संगठनकने भुमिका कस्तो रहन्छ ?
सिमा लगायत सबै समस्या समाधान गर्नुपर्दछ । यहाँ त समस्या समाधान गर्नु होईन समस्याको चाङ माथि उभिएर राजनीति गर्ने दलहरु पनि छन ।समस्या सामाधान गर्दै जानुपर्दछ । दुई देशका समस्या समाधान गर्न यस अधि ई पि जी समुह गठन गरिएको थियो । यस्तै समितीहरु गठन गरी सरकारी स्तरबाटै समस्याहरु समाधान गर्नुपर्दछ ।

नेपालमा त आफ्नो सरकार र शासन जोगाउन कहिले उत्तरीको कार्ड कहिले दक्षिणको कार्ड प्रयोग गर्दछन भन्ने पनि छ नि ?
आफ्नो सरकार र शासन जोगाउन कहिले उत्तर तिरको आड लिने कहिले दक्षिण तिरको आड लिने शैली उचित होईन । देशमा कस्तो सरकार बनाउने ? कस्तो शासन लागु गर्ने ? त्यो नेपाली जनाताले निर्णय गर्ने कुरा हो । कहिले चाईना तिर ढल्कने वा कहिले भारत तिर ढल्कने वा तपाईले भने जस्तो कार्ड प्रयोग गर्नु सर्वथा गलत हो ।

यहाँ काठमाडौँ महानगरपालिकाको पुर्वमेयर पनि हुनुहुन्छ पुर्वमेयरको हिसाबले कामपाका पछिल्ला गतिविधिको कसरी मुल्याङ्कन गर्नु हुन्छ ?
काठमाडौ महानगरपालिकाको विगत चार महिना देखि कार्यपालिका बैठक बस्न सकेको छैन । महानगरपालिकाका पदाधिकारीको आन्तरीक कलहले गर्दा महानगरवासीले द:ुख पाउनु हँुदैन । विगतमा करिब चार महिना त कर्मचारीले समयमा तलब नै खान पाएनन । व्यक्तिगत सम्बन्ध बिग्रिएको कारण महानगरलाई असर पर्नुहुदैन । यो देशको राजधानी पनि हो । यहाँ महानगरवासी मात्र होईन अन्तराष्ट्रिको समेत आँखा पर्दछ । यस्तो निकायमा आन्तरिक विवाद र पार्टीगत स्वार्थ त्यागेर काम गर्नुपर्दछ । यो बिकास गर्ने जनताको सेवा गर्ने निकाय हो । यस्ता निकायमा दलीय र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर स्वतन्त्र , निष्पक्ष र निस्वार्थ रुपले काम सेवा दिनु पर्दछ । त्यसैले असहमती भए पनि आपसमा छलफल गरी सहमती कायम गरेर आपसमा मिलेर काम गर्नु पर्दछ ।

अन्त्यमा ?
अन्त्यमा मेरो विनम्र आग्रह के छ भने देश सबैको साझा हो । देश बनाउने काममा हामी सबै ईमान्दारीताका साथ लाग्नुपर्दछ । देशलाई भष्टाचारको आहालमा डुवाईएको छ । त्यसबाट देशलाई निकाल्नु पर्दछ । सबै शक्तिको पछाडी होईन सत्यको पछाडी लागौ भन्न चाहन्छु ।