कदा समुद्भवं लिङ्गं कार्तिकेयश्वरः श्रुतः । को मुक्तोऽत्र च तीर्र्थे वा वद मे मुनिकेश्वर ।। (स्क.हि. ने. अ ११६ श्लो.५).
स्कन्दकुमार अगस्त्यमुनिलाई र विरुपाक्षको प्रश्नमा नेमुनि भन्नुहुन्छः
ब्रह्मेश्वरदेखि पूर्व उचाइ चन्द्रकान्तमणि पर्वतबाट बग्दै आएकी चन्द्रदीप्ति नदी र सिद्धरसाको सङ्गममा स्कन्दतीर्थ छ, नजिकै कार्तिकेश्वर भनौँ स्कन्देश्वर विशाल शिलाको शिवलिङ्ग रहेको छ । नेपालका ६४ सिद्ध ज्योतिर्लिङ्गमा यो अट्ठाइसौँ हो ।
अघि एक दैत्य तारकासुरले ब्रह्मा सामु ठूलो तप गर्दा ब्रह्मा खुसी भई “वर माग” भन्दा “पाँच वर्ष मुनिको बालकबाट मात्रै मेरो मृत्यु होस् र जसले मेरो शिर भूमिमा खसाल्छ, उसको पनि तत्कालै टाउको फुटेर मरोस्” भन्ने वरदान मागेपछि ब्रह्माजीले “हुन्छ” भन्नुभएको थियो । यस्तो अभेद्य वर पाएको तारकासुरले स्वर्ग, मत्र्य, पाताल सबै कब्जा गर्यो । देवताहरु डराएर महादेवको शरणका लागि कैलाश गए, तर महादेव त्यहाँ नभई ८७ हजार वर्षदेखि परब्रह्मको तप गर्दै एकान्तस्थलमा बस्नु भएको रहेछ । उहाँ सती वियोगमा हुनुहुन्थ्यो । शिवपुत्रबाट मात्रै तारकासुरको बध हुने र शिवले बिबाह नगरी यो सम्भव नहुने देखी हरतरहले महादेवलाई ब्यूँझाएर पार्वतीसंग बिहे गराउने प्रयत्न गरे । सतीले पर्वतराजको कोखबाट मेनका मार्पmत् पार्वती भई जन्म लिनु भएको रहेछ । पार्वतीले सानै उमेरदेखि शिव आराधना गर्दै शिवसंग मात्रै बिहे गर्ने प्रण गर्नु भएको रहेछ । देवगणहरुको प्रयासले शिव पार्वतीको बिहे सम्पन्न भएको थियो । शिवबाट गङ्गाको प्रसङ्ग सहित स्कन्दकुमारको जन्म भयो, उनलाई कार्तिकेय पनि भनिन्छ, बिछट्टै प्रतिभाशाली थिए उनी, युद्धकलामा त निपुण नै । पार्वतीबाट गणेश भए, प्रसंग लामो छ ।
सबै देवताहरु स्कन्दकुमार सामु पुगेर आप्mना समस्या बताए । स्कन्दले भन्नुभयो ‘यो काम म फत्ते गर्छु’ । तारकासुरको बध सजिलो थिएन, उहाँ बलशाली हुन उत्तरापन्थको बाटो हुँदै चन्द्रकान्ति पर्वतमा बसी तीर्थ स्नान गरी एक शिला स्थापना गरेर शिवजीको प्रार्थना गर्दै तप गर्न थाल्नुभयो ।
शिव खुसी भई दर्शन दिएर भन्नुभयो “हे कार्तिकेय आजदेखि यो तिम्रै नामको कार्तिकेश्वर हुन्छ, यो शिवलिङ्ग दर्शन, स्पश गर्ने भक्तहरुले इच्छामुताविक वरदान पाउनेछन् । तिमी अब तारकासुर मार्न सक्छौँ, युद्धमा म पनि आउँला परेको सहयोग हुनेछ” । बलशाली कार्तिकेयलाई सेनापति बनाएर देवताहरुले तारकासुरसंग घमासान युद्ध गरे, लामो समयसम्म । ठूलो संग्राममा तारकासुरको शिर उछिट्टियो, शिर भूइँमा खस्न नपाउँदै शिवले हात थापिदिनुभयो, तारकासुरको बध भयो, देवताहरु हर्षित भए, गुमेको स्वर्ग फिर्ता भयो ।
प्राचीन समयमा एक स्वच्छ सहरमा दुई कर्मकाण्ड जान्ने पुरेतहरु बस्थे । अरु कुनै पुरोहित त्यहाँ थिएनन्, तिनकै जगजगी रहेछ सबैतिर । ती दुबै एक अर्कालाई देखिनसहने, बोलचाल बन्द भएका र रिसइवी गरिरहने रहेछन्, कर्मकाण्डी काम पनि उल्टोपाल्टो जे पायो त्यही गर्थे ती । दुबै जना वृद्धत्वमा पुगेर मरेछन्, यमलोक गए ती यमदूतबाट । यमयातना पछि अन्त्यमा नरकभोग सकेर दुबै मत्र्यलोकमा बँदेल भएर जन्मेछन् । पूर्वजन्मको रिस र आवेगको संस्कार अब पनि देखिन थाल्यो । एकदिन ती दुबैको जनाबरको मासुमा लुछाचूँडी परेछ,, नग्रा र दाह्राले चिथोर्न थालेछन् एकले अर्कालाई, मरणासन्न भएछन् दुबै । तर पनि मासुको लोभ नछोड्दा स्कन्द तीर्थमा डुबेछन् । तीर्थमा डुबेर उत्रँदा एउटाको मुख मानिसको र अँग बँदेलको भएछ, अर्कोको मुख बँदेलको अँग भने मानिसको भएछ । विरुप भएपछि दुबैले आत्मग्लानी गर्दै ज्ञानी भएर समय बिताउँदै गर्न थालेछन् । एक दिन त अज्ञानतावश नै बँदेलको मुख हुनेले स्कन्देश्वर शिव लिङ्गमा मुख दल्न पुगेछ, मानिसको मुख हुनेले आप्mनो अंग दलेछ, पशुहरु शरिर चिलाउँदा यसो गर्छन् नै । संयोग दुबैको मृत्यु भएछ, त्यो दिन चैत्र शुक्ल चतुर्दशीको रहेछ । शिव समिपमै मृत्यु भएकाले कैलाशबाट शिवगण आई उनीहरुलाई कैलाश लगेर शिवगण बनाई आनन्दले रहन सक्ने भएछन् ।
यस तीर्थमा विरुपाक्षले फाल्गुणकृष्ण द्रितीयामा स्नान गरी कार्तिकेश्वर शिवको दर्शन, पूजन, व्रत पारायण गरेका थिए ।
स्कन्देश्वर शिवलिङ्ग हालको नुवाकोट जिल्ला कपिलावेसीको माथि पहाडबाट बग्दै आएकी लिखु नदी समिप विशाल शिलाका रुपमा रहेको छ । शिलामा शेष नाग ललाटमा त्रिपुण्डभैmँ देखिन्छन् शिरमा अर्ध चन्द्राकार शोभित अति राम्रो विशाल शिलामा शिवस्वरुप शिवलिङ्ग छ, बीचमा महादेव खोला रहेको छ, अलिक माथि तिर सानो मन्दिर बनाइएको छ, बनैबन जानुपर्छ, सवारी छोडेर केही बेर हिँड्नुपर्छ । काठमाडौँबाट जाँदा छोटोबाटो टोखा गुज्र्येभन्ज्याँग तादी खोलाबाट माथितिर लाग्न सकिन्छ, बा त्रिशुली बजारबाट पूर्वतिरबाट पनि ।



















