नेपालमा जागीर पाउन गहरो छ तर तपाईले त भईरहेको उप सचिवको जागीरबाट स्वऐच्छिक अवकास लिनुभयो किन ?
अवस्य पनि तपाइले प्रश्न गर्नुभए जस्तै नेपालमा जागिर नपाएको पनि सत्य हो तर,त्यती कै सत्य के पनि हो भने नेपालमा युवाहरु जागिर नखाएर विदेश गईरहेका छन । मेरो आफ्नो कुरा गर्दा मैले ३५ वर्ष ९ महिना १७ दिन सरकारी सेवामा काम गरे । उमेरका हिसाबले अझै पाँच वर्ष जागिर खान पाउने थिँए । तर अब भिन्न केही गरौ केही समाजिक काममा पनि लागौ भन्ने सोचाईले स्वऐच्छिक अवकास लिएको हुँ ।
अवकास पछि के मा सक्रिय हुन हुन्छ ?
विभिन्न सामाजिक संस्थाहरुमा छु । त्यसै गरि आफुले जानेको ज्ञान अरुलाई पनि दिनु पर्दछ भन्ने सोच सहित अहिले पनि आंशिक रुपमा निजी कलेजमा शिक्षणकार्य समेत गर्दै आएको छु ।
करिब ३६ वर्षको जागिरे अनुभव कस्ता रह्यो ?
सुरुमा मैले प्रा.वि तहको शिक्षकबाट सेवा सुरु गरे । २०५२ सालमा माविको शिक्षक भए ।पछि यसलाई उप सचिव सरह मानियो । हाम्रो पालमा शिक्षण पेसाको धेरै ईज्जत थियो । अहिलेका युवा भने शिक्षण पेसामा लाग्न चाँहदैनन । मत भन्छु साईन्स , म्याथ लिएर पढे पनि शिक्षण पेसमा लाग्नु पर्दछ । त्यसो भयो भने विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गरि देशलाई योगदान दिन सकिन्छ । शिक्षा राम्रो भएन भनेर मात्र हुदैन, त्यसलाई राम्रो बनाउन आफ्नो ठाँउबाट योगदा पनि दिनु पर्दछ ।
यहाँ लामो समय शिक्षा क्षेत्रमा सक्रिय रही स्वयम समेत शिक्षक भई सक्नु भएको व्यक्तिका हिसावले शिक्षक आन्दोन किन भईरहन्छ यसको भित्रि कुरो के हो बताईदिनुस न ?
अवश्य पनि शिक्षक आन्दोन बिषय चर्चामा छ । शिक्षकहरु अहिले पनि आन्दोलनमा छन । जुन सरकार आए पनि शिक्षकलाई हेर्ने दृष्टीकोण पुरानै छ । अहिले पनि २०२८ सालमा बनाएको ऐनका आधारमा शिक्षाक्षेत्र चलिरेको छ । अहिले पनि धेरै प्रकारका शिक्षकहर छन । सरकारले शिक्षकका प्रकार कम गर्ने भन्दा बढाई रहेको छ । २०२८ सालको ऐन नौ, दश पटक संशोधन गरेर शिक्षा क्षेत्रलाई ठेला गाडा धकेले जसरी धकेली रहेको छ । शिक्षमा सुधार गर्ने , रोजगार मुलक शिक्षा दिने , विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको शिक्षा दिने सोचाईमा सरकार देखिदैन । जापानमा आठ कक्षा पढेका विद्यार्थीले घडि बनाउ जानि सकेकका हुन्छन । विदेशमा विद्यार्थीले कमाउदै पढ्छन । हाम्रोमा भने एसईई पढे पछि दुई वर्ष एघार बाह्र, व्याचलर्स पढ्न चार वर्ष लाग्दछ । ब्याचलर्स पढेपछि पनि बेरोजगार हुनु पर्दछ । त्यस पछि सक्नेहरु युरोप अमेरिका अर रोजगारीकै लागि खाडी मुलुक जानु पर्ने बाध्यात्मक अवस्था छ ।
शिक्षकको समस्या खासमा के के हुन ?
अहिले पनि २०२८ सालमा बनाएको शिक्षा ऐनका आधारमा शिक्षा क्षेत्र चलिरेको छ । १७ प्रकारका शिक्षक छन ।स्थायी, अस्थायी ,करार, राहात ,अनुदान बालविकासका शिक्षक , उच्च माबिका शिक्षक भनेर बिभाजन गरिएको छ सरकारले शिक्षकलाई डिभाई एण्ड रुल गरिरहेको छ । शिक्षकका पेसागत समस्या बढुवाका समस्या , वृद्घ विकासका समस्या , गुणस्तरीय शिक्षाका समस्या, समायनुकुल पाठ्यक्रम नबनाउने जस्ता समस्या छन । २१औ सताप्दीमा लनिङ टु बी , लनिङ टु डु, लनिङ टु नो , लन«ङी टु लिभ टुगेदर भन्छन । यीनलाई शिक्षाका चार पिलर भनेर भन्छ । यसलाई अगाडी ल्याउने गरि पाठ्यक्रम बनाउनु पर्ने त्यो भएको छैन । सरकारले २०७५ ,२०७८ ,२०८० मा गरि तीन पटक शिक्षक संग सहमति गर्यो । अहिले पनि २०८१ देखि नै शिक्षकहरु आन्दोलित छन । शिक्षकले पछिल्लो पटक समग्रमा ८५ दिन र २९ दिन माईतीघरको सडकमै उत्रिएर आन्दोन गरे । २०८२ मा संबिधान जारी गरेको पनि दश बर्ष भयो कुनै पनि ऐन संविधान जारी गरेको दुई बर्ष भित्र ल्याउनु पर्नै तर दश बर्ष सम्म आएका छैनन । न निजामती ऐन आयो न शिक्षा ऐन अरु पनि आउनु पर्ने कयौ ऐन आएका छन । यीनै बिषयनै समस्या हुन ।
शिक्षकहरुले समग्र शैक्षिक क्षेत्रको संरचनागत सुधारको भन्दा पनि आफ्नै सेवा सुविधा बढाउने मात्र माग राख्दछन , जुन राज्यको अर्थतन्त्रले धान्न सक्दैन भन्ने पनि छ नि ?
त्यस्तो होईन । राज्यले अहिले शिक्षा क्षेत्रलाई छुट्टाएको बजेट नै कम छ । शिक्षमा राज्यले कम्तीमा २० प्रतिशत बजेट छुट्टाउनु पर्दछ । पहिला पहिला १८ प्रतिशते सम्म बजेट छुट्टाएको थियो । अहिले त ८/१० प्रशित १२१४ प्रतिशत मात्र छुट्टाईन्छ । यति लगाानीले पुग्दैन । सरकारको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यमा हुनु पर्दछ । हरेक विकसीत देशले यसै गर्दछन ।अर्काे कुरा शिक्षकले आफ्नो सुबिधाका कुरा मात्र गर्दछन भन्ने पनि सत्य होईन शिक्षकले समग्र शैक्षिक क्षेत्रको सुधार,पाठ्यक्रममा सुधारको पनि माग गरेका छन । प्राविधिक शिक्षा हुनु प–यो , संस्थागत विद्यालयलाई होईन, सामुदायिक विद्यालयलाई प्रोत्साहित गर्नु प–यो भनिरहेका छन ।त्यसैले शिक्षकको आन्दोलन आफ्नै सेवा सुबिधा बढाउने मात्र भन्दा पनि समग्र शिक्षा क्षेत्रको सुधारको निम्ती गरिएको आन्दोलन हो ।
यहाँले सामुदायिक विद्यालयलाई प्राथमिता दिनु प–यो भने पनि शिक्षकले आफ्नै छोरा छोरी निजि विद्यालयमा पढाउँछन अनि सामुदायिक विद्यालयमा पढाउने भन्दा राजनीति बढी गर्दछन भन्ने आरोप पनि छ ? सामुदायिक बिद्यालयको परीक्षाको परिणाम पनि त्यस्तै देखिन्छ ?
जन जिब्रोमा यस्तो शब्द झुण्डिएको छ ,तर यो कुरा बुझेर भन्ने भन्दा पनि टोलको चिया पसलमा बसेर गप छाट्ने टोलेहरुले लगाएको आरोप हो । कतिपय पालिकाले शिक्षकले जहाँ पढाउँछन त्यही छोरा छोरी पढाउनु पर्ने नियमनै बनाएका छन ।आन्दोलनको नेतृत्व गर्ने शिक्षक साथिहरुका छोरा छोरीले सामुदायिक बिद्यालयमा नै पढेका छन । मैले पढाएको रुपन्देही जिल्लाका बुटवल ,तिलोतमा आदी पाकिामा रहेका बिद्यालय कालिका , कान्ती , शान्ती , नबिन जस्ता विद्यालयमा भर्ना नपाए पछि अभिभावकले बल्ल निजिमा लान्छन । आफुले पढाउने विद्यालय घरबाट टाढा भए त अलग कुरा नत्र शिक्षकसाथीहरुले आफुले पढाउने विद्यालयमा नै छोरा छोरी पढाउनु भएको छ ।
उच्च माविमा पढाउने शिक्षकका पनि धेरै समस्या छन विज्ञापन नै भएन भन्नु हुन्छ नि ?
पहिला प्रमाण पत्रतह भन्ने थियो । त्यो तह फ्रेज आउट गरेर पछि अहिले उच्च मा वि अर्थात ११ र १२ कक्षा छ । शिक्षक साथीहरुले लामो समय देखि उच्च मा बिमा पढाई रहनु भएको छ तर सेवा सुविधा कलेजको बराबर पाउनु भएको छैन । निश्चित मापडण्ड बनाएर आन्तरीक रुपमा स्थायी गर्नुपर्ने सरकारले त्यो पनि गरेको छैन । सेवा सुविधा नै नए पछि काम गर्ने बेला कसरी फुर्ती आउछ ?आउदैनन नि । अहिले सम्म धेरै साथिहरुले करारमा काम गर्नु भएको छ । उहाँहरुलाई स्थायी गर्ने ,त्यसको निम्ती विज्ञापन गर्ने केही काम गरेको छैन ।
नेपालमा शिक्षा बरोजगार उत्पादन गर्नै थलो जस्तो बनेको छ । शिक्षालाई रोजगारी संग कसरी जोड्ने ?
अवश्य पनि तपाईले प्रश्न गर्नु भए जस्तै पढे पछि देशमा रोजगारी नपाउने , रोजगारीको निम्ती विदेश जाने ,विदेश गए पछि उतै बस्ने गरेको देखिन्छ ।जसले गर्दा देशमा बुढाबुढी मात्र हुँदैछन । घरहरु खाल्ली छन । रोजगारी दिन समय समय पाठ्यक्रम परिमार्जन गरि समायनुकुल शिक्षा दिने कृर्षी ,पर्यटन , ईन्जिनिरिङ , मेडिसिन जस्ता प्राविधिक शिक्षामा जोड दिने गर्नु पर्दछ ।
शिक्षा क्षेत्रमा सक्रिय संघ महासंघले यस्तो सुझाव दिदैनन ? तपाई आफै पनि समाजवादी शिक्षक महासंघको नेतृत्वमा हुनुहुन्छ ?
म बिगतमा शिक्षक समाजको केन्द्रीय सदस्य देखि लुम्बिनी प्रदेशको संयोजक सम्म भएर काम गरे । बिगतमा र अहिले समाजवादी शिक्षक महासंघमा हँदा पनि यी विषय उठाई रहेका छौ । शिक्षक महासंघले पनि समग्र शिक्षामा सुधार गर्ने, रोजगार मुलक शिक्षा दिने ,विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको शिक्षा दिनु पर्ने माग राखि रहेको छ । आमा रुपी सरकार सामु हामी बच्चा हौ रोईरहेका छौ तर आमा रुपी सरकारले हेर्दैन त के गर्ने ?
शिक्षा नीति कस्तो हुने भन्ने पनि राजनीतिले तय गर्दछ अहिलेको राजनीति बिशेष गरी सरकारका काम कारवाहीलाई कसरी बिश्लेषण गर्नु हुन्छ ?
सरकारहरु परिवर्तन भईरहन्छन । जसले गर्दा राजनीतिक अस्थीरता पैदा हुने र दिगोखालका विकासका योजना नबन्ने योजनाहरु कार्यन्वयन नहुने समस्या छ । जहाँ सम्म अहिलेको सरकारका काम कारवाहीको कुरा छ अहिले सरकार दुई ठुला दलको छ भन्न मात्रै हो भन्न त भष्टाचार शुन्य गर्ने भन्छन तर भष्टाचारीलाई छानी छानी मन्त्री बनाउँछन । कुरा बढी गर्ने कुरामा गडलंका हाक्ने तर काम नगर्ने अवस्था छ । हेर्नुस न फेरी लोड सेडिङ छ । ८० प्रतिशत जनता सरकार संग असन्तुष्ट छन । अठार बिष प्रतिशत राम्रा मान्छे छन अरु सब डामिएका छन । बाँकीले ताली पिट्ने मात्र गर्दछन ।
राजनीति कसरी राम्रो गराउने कसरी स्थिरता ल्याउने ?
राजनीति राम्रो हुन पहिला बिचार राम्रो हुनु पर्दछ । अनि त्यो राम्रो बिचारको सहि तरिकाले कार्यन्वयन हुनु पर्दछ । अस्थिरता हटाउन पुर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय पद्यती हुनुपर्दछ । संविधान संशोधन गर्दा यो कुरा सम्वोधन हुने गरि गनुपर्दछ ।नेतृत्व गर्ने व्यक्तिहरुले आफ्ना वरीपरी घुम्ने व्यक्ति कस्ता हुन भनेर पहिचान गर्नुपर्दछ । आफुले वा आफ्ना मान्छे मार्फत गलत गर्नुहुदैन।
अरु बेठीक भन्नुभयो आफै राजनीति गर्नुहुन्न ?
अहिलेको राजनजीतिमा साम,दामा डण्डभेद सबै गर्नुपर्ने हुन्छ । सत्ता लिन शक्ति र सम्पति चाहिन्छ ।सरकारमा बसेका मान्छेले कमाउने त्यही खर्च गरेर फेरी जित्ने गर्दछन । हामी जसता शुद्ध तलब खाने शिक्षकले यो कसरी धान्ने ? नौ सय दुई रुपैयाबाट सुरु गरेर छाड्ने बेलामा ६६ हजार जति तलब थियो । अहिले चालीस बयालीस हजार पेन्सन खानेले राजनीति गर्दछु भने हिड्ने भनेको त कुहीराको काग जस्तै हुन्छ । मेरो स्वभाव पनि राजनीति गर्ने खालको छैन बरु समाज सेवाका काम गर्ने सोचाई छ ।
पैसानै खर्च नगरी बालेनहरु पनि त आए ?
उहाँ त कला भएको व्यक्ति त्यसलाई भजाउन सक्नुभयो । युवाहरुले पत्याए पनि । फेरी राजधानी सचेत नागरिक बस्ने ठाँउ पनि भयो त्यसले पनि सहज भयो ।अहिले पनि राम्रो गर्नु भएको छ ।यस्तै राम्रो राम्रो काम गर्ने युवाहरु मिलेर अगाढी बढ्नु पर्दछ । हिजोका दिनमा डा बाबुराम भट्टराइले पनि राम्रो काम गर्नु भएको थियो । काठमाडौका बाटो चौडा गर्ने ,बिकास र समुद्धीको बाटोमा मुलुक हिडाउन खोज्नु भएको थियो तर आफ्नै र अरु दलको पनि त्यसमा सहयोग गरेनन । उही टिचरले राजनीति गरेर बिग्रि भने जस्तै बाबुराम पढेर बिग्रिउ भनि यो तर नेपालमा उहाँ जति दुरदर्शी नेता अरु छैनन। मुलुक उहाँकै बिचार वरीपरी घुमि रहेको छ ।





















