अहिले पछिल्लो समय नेपालमा पर्यटन व्यवसायको अवस्था कस्तो छ ?
बिगतमा सन २०१०/१२ तिर जुन अवस्थामा थियो अहिले पनि औसत त्यही अवस्थामा छ । २०१९ को कोरोनाकाल पछि पर्यटन व्यवसायमा जुन सिथिलता आएकोे थियो । त्यो अवस्थासंग तुलना गर्दा अहिलेको अवस्था सन्तोष मान्नु पर्ने भए पनि अन्तराष्ट्रिय र राष्ट्रिय बजारसंग तुलना गर्दा सन्तोष मान्ने ठाउँ छैन ।
के गर्यो भने पर्यटन व्यवसायको अवस्था राम्रो होला ?
पर्यटन व्यवसायको अवस्था राम्रो बनाउन यसको बजार प्रवर्धन गर्नु पर्दछ । बजार भन्दा साथ आन्तरीक र बाह्य बजारको कुरा आउँछ । आन्तरीक पर्यटन बढाउन स्थानिय स्तरबाट समेत योजना बनाउनुपर्ने हुन्छ । कतिपय पालिकाले त स्थानिय स्तरमा यस्ता योजना बनाएका पनि छन ।अन्तराष्ट्रि«य बजारको प्रर्वधनको कुरा गर्दा यसका मेजर स्टेक होल्डरहरुले यसमा पहल र प्रयत्न गर्नु पर्दछ । नेपाल सरकार, टुरीजम बोर्ड, टेकिङ एसोसिएसन (टान) , होटल एसोसियसन (हान )को कोले पहल गर्नु पर्ने हो गर्नु पर्दछ । उहाँहरु अन्तराष्ट्रिय बजारमा गएर बजार प्रवर्धन गर्नु पर्दछ । अहिले बल्र्ड टुरीजम अर्गनाईजेशन बिश्वकै पर्यटन प्रवर्धका लागि जसरी लागेको छ त्यसरी लाग्नु पर्दछ । अहिले बिश्वभरी नै बेरोजगारी एउटा समास्याको रुपमा छ । यसलाई कम गर्ने उदेश्य सहित बल्र्ड टुरीजम अर्गनाईजेशनले विश्व भरी पर्यटन प्रवर्धमा लागि रहेको छ । बेरोजगारी समस्या नेपालमा त अग्रस्थानमा छ । अहिले युवाहरु विदेश जानुको एउटा प्रमुख कारण देशमा रोजगारी नपाउनु हो । यसलाई रोक्न पनि पर्यटन बढाउनु पर्दछ । जहाँ सम्म बजार प्रवर्धन कसरी गर्ने भन्ने छ ,एउटा सानो निजी कम्पनीले पनि आफ्नो उत्पादनको लागि बजारको अध्यन गर्ने प्रचार गर्ने गर्दछ भने यो त सरकोले काम गर्ने क्षेत्र हो । सरकारकै भनाईमा पनि नेपालमा बार्षीक दश बाह्र लाख पर्यटन नेपाल आउँछन । पर्यटक नेपाल घुम्न आउँदा सरकारलाई राजस्व आम्दानी हुन्छ । त्यसको कम्तीमा २५ प्रतिशत अन्तराष्ट्रिय बजार पर्वधनमा खर्च गर्नु पर्दछ ।सरोकारवाला निकायका प्रतिनिधिहरु त्यहाँ गएर पर्यटन क्षेत्रको पर्वधन गर्ने भनेर विदेश जानु हुन्छ घुम्नु हुन्छ तर उपलब्धी हात पर्ने गरि काम गर्नु हुन्न घुमेर मात्र आउनु हुन्छ ।
पर्यटन बोर्डले कक्तिको काम गर्न सकेको छ ?
पर्यटन बोर्ड आफैले प्रकाशित गरेको एउटा प्रकाशनमा एक जना लेखकले नेपालको जनसंख्या जति छ बार्षीक त्यती पर्यटक भित्राउन सकिन्छ भन्नु भएको छ । सोही प्रकाशनमै अर्को एर्का एकजना लेखकले बार्षीक पचास लाख र अर्का लखकले बर्षमा एक एककरोड पर्यटक भित्राउन सकिन्छ भन्नु भएको छ । उहाँहरुले अध्यन नगरी त पक्कै लेख्नुभएको होईन । अध्यन गरेरै लेख्नुभएको हो । यसरी हेर्दा राम्ररी प्रयत्न गर्ने हो भने नेपालमा बषर््ामा एक करोड पर्यटन भित्राउने कुरा ठुलो होइन । यहाँ घुम्ने ठाउँ काठमाडौ ,पोखरा ,चितवन मात्र होईन पुर्वको ईलाम देखि पश्चिमको दार्चुला सम्म जता पनि पर्यटकिय ठाउँछन । कतै अलि बढी कतै अलि कम भन्ने मात्र हो । कतै प्रकृति, कतै पर्यटन, कतै शाहसिक पर्यट, कतै धार्मिक पर्यटनको निम्ती उपयुक्त ठाउँ छन । यी सम्मभावनालाई मध्यनजर गर्दै काम गरे एक करोड पर्यटन भित्राउन गाहे छैन । प्रत्यक ठाँउमा पर्यटकिय स्थानहरु छन । तर पर्यटन बोर्डले यस्तो गर्न सकेन जसको कारण देशमा रोजगारी भएन आज भन्दा दश बर्ष अघि दैनिक सात सय पचास जति युवा विदेश जाने गरेकोमा अहिले त्यो संख्या बढेर दैनिक पच्चिस सय पुगेको छ । यसबाटै थाहा हुन्छ देशको हालत ।
नेपालमा हामीले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्दछ र कस्ता खाले पर्यटक भित्राउन जोड दिनुपर्दछ ?
हामीसंग सबै खाले सम्मभावना छन तपाईसंग विभिन्न खाले चामल छन भने त्यसका विविध परीकार बनाउन सक्नु हुन्छ । यहाँ पनि त्यस्तै हो धार्मिक पर्यटन पर्या पर्यटन, प्रकृतीप्रेमी पर्यटन वा शाहसीक पर्यटक जस्ता आउँछन । हामीले ती सबैलाई उनीहरुको चाहनाको आईटम पस्कन सक्छौ । संख्या धेरै भित्राउन धार्मिक पर्यटनमा जोड दिनु पर्दछ । धन बढी खर्च गर्ने भित्राउन शाहशिक पर्यटकमा जोड दिनुपर्दछ । हाम्रो छिमेकी भारतको उत्तर प्रदेश सरकारले कुम्भमेलामा पचास करोड धार्मिक पर्यटकलाई भित्राएर व्यवस्थापन गर्यो । म आफै पनि त्यहाँ गएको थिए । होटलहरु यति भरी भराउ कि आठ आठ घण्टाका दरले एउटै कोठा २४ घण्टामा तीन पटक जाने । पच्चि करोड जन जनसंख्या भएको राज्यले सिमीत समय अर्थात ४५ दिनमा पचास करोड पर्यटक भित्राउने कुरा सामान्य थिएन त्यसैले पनि म आफै समेत हेर्न गए । धार्मिक पर्यटन धेरै संख्यामा हुन्छन । पशुपतिनाथ ,बराहक्षेत्र जानकी माँ ,मुत्तिनाथ जस्ता धेरै क्षेत्र छन यस्तै बुद्ध धर्मावलम्बिको निन्ती त बुद्धको जन्म स्थल लुम्विनि यो धर्तिमा अन्त छैन । भगवान बुद्धसंग जोडीएका प्रमुख चार घटना जन्म, ध्यान, ज्ञान प्राप्ती र निमार्ण मध्ये ३ वटा भारतमा छन । जन्मस्थल नेपालमा छ । भारत हामी भन्दा क्षेत्रफल र जनसंख्यमा कति ठुलो छ उ संग ३ वटा र हामीसंग एउटा हुन भनेको हाम्रो लागि अति ठुलो अवसर हो । विश्वमा १ अर्ब भन्दा बढी बुद्ध धर्म मान्ने जनसंख्या छ । त्यसको एक प्रतिशत मात्र तान्न सके पनि कति आउलान । हिन्दु धर्ममा त्यस्तै छ । एडभन्चर टुरीजम लानु परे पनि धेरै ठाँउ छन । त्यसले कति राम्रो गर्न सक्छ भन्ने हेर्न सोलु जानु पर्दछ । त्यहाँको लाईफ स्टाइल कति हाई छ । सोलु सगरमाथको बेस क्याप्प हो । नेपालमा यस्ता ठाउँ धेरै छन । सोलुमा शेर्पा समुदायले आफ्नै पहलमा धेरै गर्नु भएको हो । सरकार र टुरीजम बोर्डले होईन । अन्तराष्ट्रिय स्तरमा शेर्पा दाजु भाईका बारे कति धेरै पुस्तकहर लेखिएका छन ।
पर्यटन प्रवर्धन गर्ने कुरा गर्दा पर्यटकहरु आउन हवाई यात्रा सहज हुनुपर्दछ नेपालमा हवाई सेवा, होटलमा दिईने सेवा कस्तो छ ?
नेपालको हवाई उड्यन क्षेत्र राम्रो छैन । यहाँका निती रणनीति सबै हात्तिका देखाउने दाँत जस्तै हुन । भन्छन एउटा गर्दछन अर्कै । नेपामा प्लेन भाडा पनि अति महंगो छ । एक वर्ष कमाउने एक पटक चढ्ने गर्न मात्र सकिन्छ । यहाँ त पर्यटक संग पाँच, छ हजार भाडा लाग्ने ठाँउमा चार्टरको बाहना बनाएर पाँच सय डलर लिन्छन । विभिन्न कथा बनाएर विभिन्न बाहनामा पैसा झार्ने गर्दछन । म प्रत्यक्ष रुपमा पर्यटन ब्यबसायमा जोडीएर कमाईमा नलागे पनि पर्यटन अभियान्त भएर हिडेको १५ वर्ष भयो । म निरन्तर हिडि रहेको छु । म भित्र यो क्षेत्रलाई केही गरौ भन्ने भएर न हिडिरहेको छु ।
तपाईले त टुरीजम ट्यालेन्ट नेपाल सो गर्ने भनेर पनि हिडि रहनुभएको छ के हुदै छ यसमा ?
टुरिजम ट्यालेन्ट नेपाल भनेर म बिगत केही समय देखि हिडि रहेको छु ।म मा पर्यटनको क्षेत्रमा केही गर्नुपर्दछ भन्ने छ त्यही केही गरौ भन्ने भएर बिगत १५ बर्ष देखि यसमा लागि रहेको छु । टुरिजम ट्यालेन्ट नेपाल भन्दा केही साथीहरुले नाटक बिजयले नाटक गर्यो पनि भन्नुहुन्छ । तर मत भन्छु म जस्तै नाटक गर्ने १५ जना होउन त यो क्षेत्रमा कति परिवर्तन हुन्छ । मैले यो उठाँएको कृर्षी, पर्यटन प्रवर्धन र पर्यावरण संरक्षणमा योगदान दिन हो । यो संगै समाजिक गतिविधिमा युवालाई सहभागी गराउने कम्तीमा १० लाख युवालाई रोजगारीका अवसर सृजना गर्ने हो । अहिले युवाहरु सवै विदेशमा छन । जुन गाँउमा पाँच सय युवा हुनु पर्नै त्यहाँ पाँच जना मात्र छन । यसले दिर्घकालिन रुपमा सन्तान उत्पादनमा समेत असर गर्न सक्छ । युवाहरु उमेर पुग्दा साथ पासपोर्ट बनाउन जानन्छन ।
अहिले खेति नगरेर जग्गाहरु बाजै छन । अहिले स्थानीय तहले पनि पर्यटनमा ध्यान दिदै पर्यटन पहिलोमा राख्ने गर्नुभएको छ तर म भन्छु कृर्षी पहिलो राख्नुस् । यो सरकारले गर्नुपर्ने काम हो । मैले टुरीजम ट्यालेन्ट नेपाल भनेर उठाँएको कृर्षी , पर्यटन प्रवर्धन र पर्याबरण संरक्षणमा योगदान दिन हो । पैसाको लागि होईन भगवानले मलाई बाच्न पुग्ने दिनु भएको छ ।तर सामाजिक चेतना भनेको म मात्र बाचरे हुदैन भन्ने हो । अर्काेलाई पनि बाच्न मलाई जे चाहिन्छ त्यही आवश्य हुन्छ । माथिल्लो स्थर मा पुगेकाले आफ्नो परिवरको लागि जे सोच्नु हुन्छ ुकम्तीमा मलाई जस्तै अरुलाई पनि चाहिन्छ भनेर सबैको लागि सोच्नुस यसो भयो मात्र तपाई माथिल्लो पदमा पुगेको अर्थ रहने छ ।





















