skip this वडा नं १६ बालाजु च:मती

के को छानबीन,गोली हान्नेलाई सीधै जेल हाल्नु पर्दछ : ध्रुवराज तिवारी सहमहामन्त्री राष्ट्रिय शक्ति नेपाल 

मुलुकमा यतिबेला जेनजी आन्दोलनको विशेष चर्चा छ , जेनजी आन्दोलनको समग्रमा कसरी विश्लेषण गर्नुहुन्छ ?
राष्ट्रिय शक्ति पार्टी होईन ,यो एउटा अभियान हो । यसको अध्यक्ष पुर्व मन्त्री केशर बहादुर विष्ट हुनुहुन्छ । हाम्रो अभियानको उद्देश्य सनातन पहिचान सहितको हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र सहितको वहुदलिय व्यवस्था र संघियातको खारेजी हो । जहाँ सम्म जेनजी आन्दोलनको विश्लेषण र समिक्षाको कुरा छ । हाम्रो राष्ट्रिय शक्ति नेपाल अभियानले २०८२ भाद्र २२ गते अर्थात आन्दोलनको अघिल्लो दिननै विज्ञप्ती जारी गरेर २३ गते जेनजी पुस्ताहरुले माइतीघर मण्डेलाबाट गर्ने शान्ति –यालीको समर्थन गर्दै हाम्रो अभियानमा जोडिएका सबैलाई –यालीमा सहभागि हुन आव्हान गरेका थियो । हाम्रो अध्यक्ष बाहेक हामी सबै र्‍यालीमा सहभागी भएका थियौ । हामी पुर्वमन्त्री विराज विष्ट सहित सबै र्‍यालीमा सहभागी भएका थियौ । राजा चाहिन्छ भनेर हामीले विगत देखि नै अभियान चलाउदै आएका थियौ । हामीले लिएको बिचार बिगतमा कांग्रेस कम्युनिष्टका नेताले समेत लिएको बिचार हो । स्वंयम मदन भण्डारीले राजा तिमी पनि चुनाव लड़ने भए श्रीपेज फुकालेर आऊ होइन भने दुईका ठाउँमा चार खाऊ भनेका थिए । यसको मतलव नेपालमा राजतन्त्र चाहिन्छ भन्ने थियो ।

नेपाली कांग्रेसको कुरा गर्ने हो भने म आफै ३० वर्ष कांग्रेसमा सक्रिय राजनीति गरेको व्यक्ति हुँ । कांग्रेसका आर्दश नेता विपि कोइरालाले पनि राजा चाहिन्छ भनेर मेले मिलापको नीति लिएर प्रवासबाट २०३३ साल पुषमा नेपाल आउनुभएको थियो । अव तपाईले प्रश्न गर्नुभए जस्तै २३ गतेको जेनजी आन्दोलनको समिक्षा गर्दा हामीले आन्दोलनमा समर्थन गर्ने भने पछि म पनि २३ गते आफै जेनीको आन्दोलनमा सहभागि भएको थिए । त्यस दिन जुन तोडफोड आगजनी भयो त त्यो न हाम्रो राष्ट्रिय शक्ति अभियानको कल्पनामा थियो ,नत जेनजी युवाहरुको । जेनजी र हाम्रो चाहना शान्ति पूर्ण रूपमा कार्यक्रम गर्ने भन्ने थियो । राष्ट्रिय सम्पती र नेताहरुका घर तोडफोड गर्ने भन्ने थिएन ।

१० बर्षे माओबादी आन्दोलनले पनि बिनास गर्यो , त्यस्तो बिनास गर्नुहुदैन भन्ने थियो । शान्तिपुर्ण तरिकाले आन्दोलन गर्ने भन्ने थियो । तर जुलुश अगाडी वढ्दै गर्दा, विगत ३६ वर्ष देखि शासन गर्दै आएका दलसँग आक्रोसित उनीहरूकै कार्यकता आन्दोलनमा घुस पैठ गरेर तोडफोड गरो । म आफै पनि अगाडी वढेर तोडफोड नगर्न भने तर घुस पैठ गरेकाले मानेनन । जेनजीले त पुलिसलाई फूल दिने भनेका थिए।
घुस पैठ भए पछि लाउँलाऊ खाँउ खाँऊ भन्ने उमेरका युवाहरु माथि ताकि ताकि टाऊको र छातिमा गोलो हानियो । सार्प सुटरले ताकि ताकि गोली हाने । यो अत्यन्त दर्दनाक र अमानविय घटना हो । तपाईले सामाजिक सञ्जालमा पनि देख्नु भए होला, म त पुलिसको अघि गएर बालबालिकालाई गोलि नहान सक्छस भने मलाई हान भनेर छाती थापे । जेनजी आन्दोलन ठुलो भयो तर उपलब्धी थोरै भयो ।

गोली प्रहरीले चलायो कि घुस पैठ गर्नेले ?
तत्कालीन प्रधानमन्त्री केपी शर्माको पनि भनाई आई सकेको छ । उहाँले स्वचालित हतियारबाट गोली हानियो, यो हतियार नेपाल पुलिससंग छैन भन्नु भएको छ । जुन दिन गोली चल्यो त्यस दिन सरकार छाडौ भनेर कांग्रेसका मन्त्रीले भन्दा किन डराएको किन कामेको भन्नुभयो । उहाँकै कारण देशका भबिष्यका कर्णधारले ज्यान गुमानु पर्यो । कयौ बाबु आमाको काख रित्तियो, दशैको मुखमा कयौले दिदी बहिनीले आफ्ना दाजु भाई गुमाए दिदी बैनीले दाजुभाई गुमाउनु पर्यो । अहिले कारवाही पर्ने भए पछि के पी ओलीले अनेक कुरा भन्नुहुन्छ । जेनजी को हो भन्ने स्पष्ट छैन । यो त एउटा उमेर समुह हो । त्यसैले यसमा दलका कार्यकर्ताको घुस पैठ भयो । आन्दोलन गर्ने एक थरी बार्ता गर्न त दलका कार्य कर्ता जो आन्दोलनमा थिएनन नक्कली घाईते बनेर गएका रहेछन। यही घुस पैठका कारण जेनजीले चाहे जस्तो भएन ।

भन्नुको मतलब आन्दोलनको उपलब्धी माछा माछा भ्यागुता भने जस्तै भयो ?
यो दश बाह्य दिनको घटना क्रम हेर्दा तपाईले भने जस्तै आन्दोलनको उपलब्धी माछा माछा भ्यागुता भने जस्तै भयो । आन्दोलन ठुलो भयो तर उपलब्धी केही भएन । म २०४६ सालमा बहुदलिय प्रजातन्त्रको लागि लडेको मान्छे । २०६२ /२०६३ को आन्दोनमा पनि सहभागि भएको मान्छे । २०४६ सालमा करिब दुई महिना आन्दोलन भयो २२,२४ जनाले शाहदात प्राप्त गरे उपलब्धीमा ३०बर्ष शासन गेको पंञ्चायति ब्यवस्था हटेर बहुदल आयो । नयाँ संबिधान बन्यो । २०६२ /२०६३ पनि माओबादी सहित सात दलले गरेको आन्दोलनले नयाँ संबिधान बनायो । माओबादीको दश बर्षे युद्धले मुलुक सय बर्ष पछि पार्यो त्यसको भिन्दै समिक्षा गरौला तर जे भए पनि आन्दोलन पछि नयाँ सबिधान बन्यो । ८३ जना माओबादी सांसद बनाएर गिरीजा प्रसाद कोईरालाले अबैधानि तरिकाले संसदमा हुले । त्यहीबाट बिकुती सुरु भयो । मलाई पनि काग्रेस प्रति घृणा जाग्यो , तै पनि आन्दोलनमा मागनै नभएको गण्तन्त्र संघियता , धर्मनिरपेक्षता घुसाएर संबिधान बनाए । यो ठिक भनेको होईन तर परिवर्तन त भयो । तर अहिल त केही भएन यति धेरै युवाहरुले शाहदा प्राप्त गरे राष्ट्रिय सम्मपत्तिको तोड फोड र आगजनी भयो तर उपलब्धी भएन ।

कांग्रेस छाडेर ठिकै गरे भन्ने लाग्दछ कि के लाग्छ ?
एक दम ठिक गरे । अहिले देश भक्त उच्च नैतिकवान बिश्वले चिनेको पाँच पाँच पटक मन्त्री भएर सबैले प्रसंशा गर्ने काम गरेको व्यक्ति केशर बहादुर बिष्ट जस्तो व्यक्तिलाई नेता मान्दा गर्व लाग्दछ । पाँच पाँच पटक मन्त्री भएको व्यक्ति तर कसैले कुनै खोट देखाउन सक्दैनन ।केशर बहादर अरु जस्तो तडक भडक गर्ने भए त अहिले कहाँ पुग्नुहुन्थ्यो । यस्तो व्यक्ति त कुनै काल खण्डमा एक पटकमात्र जन्मीन्छ । शिक्षकलाई घरपाईको जागिर र पेन्सनको व्यवस्था केशर बहादुरले आफु शिक्षामन्त्री भएको बेलामा गर्नुभएको हो । केशर बहादुर त सात बटै बिषयमा गोल्डमेडलिष्ट हो । उहाँ २०४४ सालमा शिक्षा तथा खेलकुद मन्त्री हुँदा हावा हुरीले खेल हेर्न गएकाहरुको मृत्यु हुदाँ नैतिकताको आधारमा राजीनामा दिने नैतिक वान व्यक्ति हुनुहुन्छ । अर्काे बिष्ट कृर्ती निधि बिष्टले पनि नेपाल चिन सिमाबाट भारतीय सेनाको १७ बटा चेकपोष्ट हटाएर देशको निम्ती ठुलोकाम गरे ।त्यसेलै केशर बहादुर बिष्ट र कृतिनिधि बिष्ट धेरै नैतिकवान र राष्ट्रवादी नेता हुन ।

जेन्जी आन्दोलनमा घु्स पैठ भयो भन्नुभयो घुस पैठ कसको भयो देशी बिदेशी ?
बिदेशीको घुस पैठ भयो भएन त्यो छानबिन पछि थाहा होला तर स्वदेशीको घुस पैठ भयो । विगत ३६ वर्ष देखि शासन गर्दै आएका दलसँग आक्रोसित उनीहरूकै नेता कार्यकता आन्दोलनमा घुस पैठ गरेर तोडफोड गरे । जादु नम्बर भन्दै ३२ सिट ल्याउने प्रचण्ड प्रम बने , ७९ सिट ल्याउने एमालेका के पी ओली प्रम बने तर ८९ सिट ल्याउने काग्रेसका शेरबहादुर प्रम बनेको खै ? यदि ईमान्दार राजनीति गर्ने भए त संसदको ठुलो दल काग्रेसले नेतृत्व गर्ने थियो । देउवाले त गोदाइमात्र खाए बढि सिट भए पनि प्रम त बनेका छैनन । यी त पार्टी न तीन बटा हुन धन्दा त भाग शान्ति खाने न हो ।त्यसैले कार्यकर्ता रिसाएर पिटे । जेनजी आन्दोलनले त कुचोले बढार्नु पर्ने हावाले उडाए जस्तै भयो ।

साँच्चै भन्ने हो भने अहिले जेनजीको आन्दोलन मुतको न्यानो जस्तै भयो । हिजो के के माग उठेका थिए खै त्यो ख्याल गरेको ?आन्दोलनमा एकै दिन ७४ जनाको मृत्यु भयो नेपालमा कोत पर्व पछि एकै दिन यति धेरै मरेको जेनजी आन्दोलनमा हो ।यसै छाड्यो भने जेनजीलाई अरुको खाएर आएका रहेछन , बिचमै छाडे भनेर कंलंक लाग्दछ । त्यसैले यो संविधान खारेज गरि पुन संविधान लेख्नुपर्दछ । यो संविधान रहे सम्म केही हँुदैन । के को राष्ट्रपति संग स्वीकुती ? उनले संविधानको कुन धाराबाट प्रधानमन्त्री बनाए र ? अहिले संविधान अनुसार प्रधानमन्त्री भएको व्यक्ति मानव अधिकार आयोग बाहेक अन्त नियुक्ति हुन मिल्दैन । अब यो संविधान खारेज गर्नुपर्दछ ।राष्ट्रपति हटाएर संकटकाल लगाई सेनाले लिनुपर्दछ ।

अहिले शुशीला कार्की नेतृत्वमा बनेको सरकारलाई यहाँहरुको समर्थन छ कि छैन ? अब हुने चुनावमा भाग लिन हुन्छ कि हुन्न ?
अहिलेको संविधान गलत छ भनेर हामीले विगत देखि नै भन्दै आएका छौ। जेनजीका भाई बहिनीले त अहिले आएर भने । हामीले त विगत देखि भन्दै आएका हौ । राजालाई जनताको बिचमा लाने कामको सुरुवात पनि हामीले गरेका हौ । अरु भए त ७ आठ लाख भन्थे हामीले गफ लगाउँदर्नौै कारिब ७० हजार जनता उपस्थीत गराएर इनरुवामा जनसमा गरेका थियौ । राजाको त्यो पहिलो जनसमा हो । पछि मध्यपश्चि, सुदूरपश्चि गर्दै ललितपुरमा समते गर्यौ ।

तपाईहरुको राजा फर्काउने अभियान अहिले के हुँदैछ ?

अभियान जारी छ । हामी संगठन निमार्णमा लागि रहेका छौ । जेनजी आन्दोलनले हामीलाई अझ उर्जा थपेको छ । २४गते म ६० बर्षको मान्छे पछि ल मलाई गोलीहान भनरे लुगा फुकालेर छाती थापे । ६० बर्ष भन्दा बढीकालाई गोली हानेको भए केही हुने थिएन । यहाँ त भबिष्यका कर्णधार आमा वाबुका सपना माथि गोली हानियो । भोलीका डाक्टर ईन्जिनियर प्रसाशक देशको नेतृत्व लिने युवा मारे युवा मार्ने यी हत्यारा र तानाशाह हुन ।

अब राष्ट्रिय शक्ति कसरी बढ्छ ?

हामीले जेनजीको आन्दोलन भन्दा पहिलेनै हाम्रा कार्यक्रम घोषणा गरिसकेका थियौ । त्यसमा विभिन्न समूह बनाएका छौ । उपाध्यक्ष श्याम के सीको समितीमा राम राई ,पुर्व जर्नेल रामकृष्ण थापा भएको समूहमा म छु । वाग्मती ,जनकपुर र नारायणी मेरो भागमा परेको छ । आन्दोलन नभएको भए अहिले हामी जिल्ला जिल्ला हुने थियौ । अहिले सम्म हामीले शान्ति पूर्ण रूपले आन्दोलन गर्दै आएका थियौ । महात्मा गान्धीले जस्तै अहिंसात्मक । अध्यक्ष केशर बहादुर विष्टले पनि क्षमा दिनुपर्दछ, आत्मालोचन गर्न दिनु पर्दछ भन्नु हुन्थ्यो तर जेनजीको आन्दोलनले हामीलाई पनि तताएको छ । लातको भूत वातले मान्दैन भने झै अब शशक्त आन्दोलन गर्नेछौ। अहिलेका दलको बुद्धि छ भने राजाले भनेको मानेर केशर वहादुरले भनेको मानेर सच्चिएर आएका भए क्षमा दिने थियौ । तर यीनीहरुको वृद्धि फिरेन अब शशक्त आन्दोलन गर्दछौ ।

२०४७ सालको संविधान गणेशमान कृष्णप्रसाद भट्टराई, मनमाहेन अधिकारी , मदन भन्डारी जस्ता नेताले बिपी कोईराला र पुष्पलालको भावना ,आमनेपालीको भावना , राजाको समेत भावना समेटेर बनाएका थिए ।अहिलेकै नेताले समेत विदेशमा गएर बेलायतको म्यानाकार्ट जस्तै भने तर पछि यीनले नै संविधान खाए । यीनलाई पाप लाग्छ । ६० हजार पुर्व सुरक्षा कर्मी हामीसंग संगठित छन । हामी त विध्वंस नगरौ भनेर एक्सनमा नगएको हो। अव यी दलले मानेनन भने एक्सनमै गएर घोक्रे ठ्याक लगाई यीनलाई हटाएर तिहार पछि राजसंस्था पुनस्थापना गर्दछौ । ७२ वर्षको भक्ति थापा सहित आम नेपाली जनता सबै जात थर लडेर बनाएको देश हो । विदेशीको चगुलमा जान दिन्नौ शशक्त आन्दोलन गर्दछौ ।

अब चुनावमा भाग लिनुहुन्छ कि हुन्न ?
तपाईलाई चुनाव हुन्छ भन्ने लाग्दछ र ? यहि संविधान रहने प्रतिनिधि मात्रै फेरेर कसरी देशको समस्या समाधान हुन्छ र ? यो त बाहिर देखाउन चुनाव भनेका हुन । यीनले केही गर्दैन । भारतले पनि खेदो नखने हुन्छ । किनकि छिमेकिको घरमा आगो लगाए पछि आफ्नो घर पनि जल्छ भन्ने सम्मझनु पर्दछ । भारतले सिक्नुपर्दछ बंगालादेशमा अमेरीकाले सेना राखि सक्यो । अब नेपालमा पनि बिदेशी सेना बसे के हुन्छ ? यहाँ जस्तै जेननी आन्दोलन भए के हुन्छ ? यहाँ त तीन करोडमा ७० लाख युवा वाहिर हुँदा बचे खुचेकाले गरेको आन्दोलन यस्तो भयो । भोली डेढ अरब जनसंख्या भएको भारतमा जेनजी आन्दोलन भए के हुन्छ ? भारतको नेपाल दाई हो । भारत इष्टइण्डिया कम्पनीको शासनमा हुँदा हामी देश थियौ । चाईना अरुको उपनिबेस थियो । दुब्लो भयो भनेर भाइले दाईलाई हेप्पन मिल्छ ? हामी भारतको दाइ हौ उसले मान सम्मान आदार गर्नु पर्दछ । यहाँ नेतृत्व गर्ने व्यक्ति गद्वार दलाल भएकाले यस्तो भयो नत्र हामी त विश्वभर घुम्ने , विश्वभर वाह धनि नेपाली भनेर आदर गर्ने ठाउँमा हुने थियौ । सन १९९२मा म यु एस जाँदा वाह नेपाली भन्थे । अहिले कही भन्छन त ? यहाँ त छोरा छोरी बिदेशमा बसेर वा आमा पिटेको हेर्न पर्ने अवस्था आयो । भोली विदेशमा वस्ने छोरा छोरी नाती नातीना माथी पनि आक्रमण हुन सक्छ । यस्तो अवस्थाबाट देश माथि उठाउन सबै हाम्रो ऐजेण्डामा आउनु पर्दछ ।