शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट सुरु गरेका छन् । जेनजी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पुर्यापछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट सुरु गरिएको थियो ।
सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि मन्त्री पुनले सिंहदरबारबाटै काम सुरु गरेका हुन्। मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । उनी असोज ७ गतेदेखि केशरमहलमै बस्दै आएका छन् ।






















