skip this वडा नं १६ बालाजु च:मती

रामकुमारी झाँक्रीसहित ५० भन्दा बढी नेता एमालेमा फर्किँदै

नेकपा (एस)बाट विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित ५० भन्दा बढी नेता एमाले फर्किने निश्चित भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँगको भेटपश्चात उनीहरु मंसिर २४ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर फर्किने जनाइएको छ। नेकपा एस अध्यक्ष माधव नेपालले अन्य वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू एमाले फर्किँदैछन्।