skip this वडा नं १६ बालाजु च:मती

नेपाली कम्युनिस्ट पार्टीविरुद्ध लोकनारायण सुवेदीले दिए आयोगमा उजुरी

नवगठित नेपाली कम्युनिस्ट पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा दल दर्ता गरेकोमा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले कात्तिक २६ गते उजुरी दिएका हुन् ।

सुवेदीले नेपाली कम्युनिस्ट पार्टी पनि संक्षिप्त नाम नेकपा नै नाम राखी आएको हुनाले यसबाट छोटकरीमा र संक्षिप्तमा उच्चारण गर्दा बोलचालको भाषामा समेत निवेदक दलसँग मिल्न जाने हुँदा सो कार्य राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ६(ख) विपरीत भएकाले अन्य दल दर्ता नगरिदिन अनुरोध गरेको छ ।

‘यस दलसँग मिल्दोजुल्दो गरी नाममा बाई मात्रा तर्कले जस्ता सामान्य कुरा राखी भ्रम सिर्जना गर्ने मनसायले स्पष्ट अलग पहिचान नखुल्ने छोटकरीमा सीपीएन अङ्ग्रेजीमा कम्युनिस्ट पार्टी अफ नेपाल नाम कायम हुने गरी अन्य दल दर्ता नगरिदिनु हुन अनुरोध गरिन्छ’, उजुरीमा भनिएको छ ।

कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० वाम घटकले एकता गरी नेपाली कम्युनिस्ट पार्टी नाम राखेका थिए । उनीहरुले सोही दिन दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।