विश्व एड्स दिवस, यसपालिको ३८ सौँ दिवस डिसेम्बर १ यसै हप्ता विभिन्न कार्यक्रमहरुका साथ सम्पन्न भएको छ । यसमा मूलतः हाम्रो धर्म शास्त्र, परम्परागत संस्कृति र यौन अनि सामाजिक स्वरुप बारे संक्षिप्त चित्रण गर्ने यो आलेखको अभिप्राय रहेको छ ।
न अरि अर्थात् जसको अरि भनेको रिपु बा शत्रु हुन्नन् उसको नाम नारी हो । वेदले नारीलाई माताको रुपमा हेरेको र मातृशक्ति देवी रुप हो भनेको छ, सधैँ पूजाका अधिकारी हुन्छन् मातृशक्तिहरु । मनुस्मृति प्राचीन धर्मग्रन्थले जहाँ नारीको पू्रजा हुन्छ त्यहाँ देवताहरु खुसी हुन्छन् भनेको छ । पछिल्लो समय सरदार यदुनाथ खनालले भने नस्त्री स्वातन्त्र्यमर्हति अर्थात् अधिक स्वतन्त्रता स्त्रीहरुका लागि बाधक छ । नभन्दै आजको खुल्ला समाजले एक भयावह रुप लिएको छ, देवीस्वरुपा नारी, किशोरीहरु कहीँ कहीँ व्यग्ँयका पात्र बन्न पुगेका छन् । जसका कारणले आज यौन रोग, एड्स एक भयावह रोगको अबस्थामा पुगेका छौँ हामी । त्यसो त यौन सम्पर्कबाट मात्रै सर्ने यो रोग होइन, घातक यो रोग भनेको असुरक्षित यौन सम्पर्क, परिक्षण विनाको रक्त आदान प्रदान, लागु औषधिको दूव्र्यसन धेरै छन् ।
यो रोग, शरिरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने रोग हो र यसले दक्षिण अमेरिकी देश हाइटीबाट सर्वप्रथम पहिचान पाएको हो । नेपालको सन्दर्भमा पोखरामा पहिले पुष्टि भएको हो । हाल विश्वमा ४ करोड ८० लाख संक्रमित रहेकामा नयाँ संक्रमितको संख्या १ लाख ३० हजारको छ । समग्रमा हाल यसबाट संक्रमित हुनेमा ३ करोड ९४ लाख मानिस १५ वर्ष उमेर माथिका छन् र १ करोड ४० लाख भने १४ वर्ष मुनिका रहेका छन् । संक्रमित मध्येका ६ लाख ३० हजारको मृत्यु भइसकेको छ ।
वैदिक चिन्तनतिरै जाऔँः सत्य युगमा पार्वतीले तीजको व्रत बसेको धर्म पत्नी र पति देव बनाउँन हो, हिजोआजको व्रत हस्ब्याण्ड र ब्वाइफ्रेण्डका लागि भएको छ, अझ एक कदम अघि सरेर ब्वाइ फ्रेण्ड र गर्ल फ्रेन्डका लागि भएको छ,। विज्ञानले सन्तानोत्पादनमा एक्स र वाइ क्रोमोजोम भनेको छ, । पूर्वीय दर्शनले प्राकृत नारी रजस्वलाको जोर रात्रिको सम्पर्कले छोरो पाइने र विजोर रात्रिको यौन समागमले छोरी हुने भनेको छ,, भनौँ रजस्वलाको ४ दिन यौन सम्पर्क वर्जित छ र ६,८,१०,१२,१४, १६ दिनको रात्रिको सम्पर्कले छोरोको वीज रोपण हुने,५,७,९,११,१३ र १५ दिनको रात्रिले छोरीको वीजरोपण हुने हुन्छ,। सामान्यतया त्यसपछि अर्को रजस्वला नभए सम्म गर्भ बस्दैन । एक महिनामा शिर बन्ने, दुई महिनामा हात, खुट्टा, अँग तयार हुने, तेस्रो महिनामा पुरुष, स्त्री छुट्निे अँग बन्ने हुन्छ, । हिजोआज चिकित्सकहरुले १२ हप्तापछि अल्टृासाउण्ड पद्धतिबाट छोरो वा छोरी गर्भमा छुट्याउन सक्छन् र कानुनले १२ हप्तापछिको गर्भपतनलाई अबैध भनेको छ । ६ महिनापछि बालकले आमाको दायाँ पेटमा रही खेल्न थाल्ने र आमाले खाइएका खानाबाट रसपुष्टि भई ९ मास पूरापछि सूतिका वायु वेगबाट आमाको गर्भबाट बालक जन्मने हुन्छ,र अिजोआजको वातावरण चिकित्सकले यही अनुमानमा डेलिभरिको समय दिन्छन् र कतिलाई शल्य प्रक्रिया अप्नाउनु परेको पनि देखिन्छ । वैबाहिक कार्य भनेको असल गृहस्थ जीवनको आरम्भ मान्दै दाम्पत्य प्रेमबाट सुखी जीवनको परिकल्पना गरेको छ शास्त्रले, असल सन्तति प्राप्तिका लागि धर्म गर्नु पर्छ भनेको छ, वीर्य संरक्षण गर्नु पर्ने,त्यसले शरिरमा शक्ति सन्चय हुने भनेको छ । निरोगी पुरुषमा ४ माना जम्मा शुक्रकीट र स्त्रीमा जम्मा २ माना शोणित हुन्छ, शुक्र र शोणितको संयोगले नै बच्चा पैदा हुने हो, त्यसैले यो उद्यम बा कुनै व्यवसाय वा धन्दा होइन, यसका निश्चित मर्यादा हुन्छ जव मर्यादाको सिमा तोडिन्छ अनि सबै भयभीत हुने गरी रोगहरु बल्झने गर्छन् । हिजोआजको जस्तो खुल्ला व्यवहार र पारदर्शी अँग प्रदर्शनलाई कम से कम लज्जाको विषय मानेको छ धर्म, संस्कृति र संस्कारले । निश्चय पनि समय गतिशील छ यसो भन्दैमा बलवान समयको नजरअन्दाज गर्दा समस्या बल्झने आपैmँलाई हो, समाजलाई हो, संसारलाई हो । जुन कुरा गोपनीय छ त्यसलाई बढी खुल्ला गर्दा त्यसको महत्व कम हुन सक्छ । शास्त्र कहिल्यै शस्त्र बोकेर आउँदैन, साँकेतिक रुपमा बुभ्mनु पर्ने हुन्छ । पशु, पन्क्षीमा जस्तो यो विषय खुल्ला हुने होइन । मनको संकल्पले पनि यौन यौन नै हो, विषय पाप नै हो,अघि अघि आमा छोरा नै भए पनि उमेरको हद सम्म कोठामा एकान्तमा एकै ठाउँमा बस्नु हुन्न भनिन्थ्यो, उमेरको हदमा आमाले बचपनमा सर्बाँग स्याहार सुसार त गर्ने नै हो । हिजोआज लज्जा हराएको छ, सबैको कूम जोड्नमै हतारो छ र अहिलेको प्रविधिले यसलाई झन् बढी खुल्ला गरेको छ, सामाजिक सन्जालले सबैलाई नजिक्याएको र अबैध यौन धन्दा भइरहेको पाइन्छ । सत्ययुगमा राजा भतृहरिकी रानीले यसबारे केही खुल्ला भएको बुझेपछि भतृहरिलाई वैराग्य आएर परिबार, राज्य त्याग गरी नदीतटम बसी नीति शतक तयार थरे, लेखे, अहिले पनि नीतिशतक निकै प्रसिद्ध छ, अध्ययन गर्नेका लागि, नगर्नेका लागि त जंगलको काठ खूर्पाको बीँडभैmँ भइहाल्छ श्रीखण्ड नबुभ्mदा ।
एक्वायर्ड इम्युनो डेफिसियन्सी सिण्डृोम अर्थात् एड्सले सन् १९८८ देखि विश्वको ध्यानाकर्षण गराएको हो । यो समस्या हो शरिरको, संसारको भनौँ सबैको । युवाहरु विदेश बस्दा परिबारबाट अलग भएका पिडा र त्यसमा पनि हुने जोखिम कति छ, हामीले विश्लेषण गरेकै छैन, असाध्य रोगहरु पनि भित्रिएका हुन सक्छन्, देशलाई त्यो पनि चिन्ता छैन, बरु देशलाई विप्रेषण भए पुग्ने भएको छ । त्यसो त समस्या संसारको धेरै छ, गरिवी, अशिक्षा, अशान्ति, विभिन्न प्रकोप, रोग, यसमा पनि बढी मधुमेह, उच्च रक्तचाप, क्यान्सर, कोरोना,थरिथरी छन् । भयावह सिर्जना गर्ने, निद्रा हराम गर्ने त्रासदीय सन्नाटाहरु, यो संसारमा मान्छे किन जन्मन्छ आठ अर्ब केवल मर्नकै लागि हो र ? सबै क्षेत्रले संयमित हुनु जरुरी देखिन्छ अस्तु ।






















