skip this वडा नं १६ बालाजु च:मती

दोलखामा युवा उम्मेदवार कमल खत्रिको बढ्दो लहर,अघि सारे २२ बुँदे एजेन्डा

काठमाडौ । यही २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा दोलखामा युवा उम्मेदवार कमल खत्रिको लहर दिन प्रतिदिन बढ्दै गएको छ । अत्यन्त ईमान्दार र देशमै केही गरेर देखाउ भन्ने भावना भएका कमल प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट आँखा चुनाब चिन्ह लिएर उम्मेदवार बनेका हुन ।

जेनजी आन्दोलनपछि जनताले विकल्प खोजेको र आफूहरुको पार्टीले पुराना दलहरुको विकल्प दिन सक्ने स्पष्ट बिचार र भिजन भएको पनि उनले दाबि गरे । दोलखाका बासिन्दा र मतदाताले सधै ईतिहास रच्ने गरेकोले यो पटक पनि पैसा र पद भएका भन्दा स्वच्छ ईमान्दार स्पष्ट भिजन भएको व्यक्ति जिताउने उनले बिस्वास गरे । कमलले उम्मेदवार बन्दै गर्दा “दोलखाको विकासका निम्ती आफ्ना २२ बुँदे एजेन्डा” समेत अगाडी सारेका छन ।
उनले अगाडी सारेका एजेन्डाहरु यस प्रकारका छन्:

१.दोलखाका सबै वडालाई मुख्य सडकसँग जोड्ने, कालोपत्र र नियमित मर्मतको व्यवस्था गर्न पहल गर्ने ।
२. तामाकोशी करिडोर सुदृढीकरण गर्न पहल गर्ने ।
३. तामाकोशी–चरिकोट–जिरी–सिंगटी मार्गलाई आर्थिक करिडोरका रूपमा विकास गर्न केन्द्रमा दवाब दिने ।
४.स्थानीय रोजगारीहरु सिर्जना गर्ने ।
५.जलविद्युत्, पर्यटन, कृषि र निर्माण क्षेत्रमा स्थानीय युवालाई प्राथमिक दिई रोजगारी दिने वतावरण सृजना गर्ने ।
६.जलविद्युत् आयोजनाहरुको लाभ स्थानीयलाई दिलाउने तथा जलविद्युत् परियोजनाबाट स्थानीयलाई शेयर दिलाउने, रोजगारी र सामाजिक विकास कोष सुनिश्चित गर्न पहल गर्ने ।
७.पर्यटन विकासका निम्ती विशेष धार्मिक र साहसिक पर्यटकको निम्ती काम गर्ने साथै कालिञ्चोक, भीमेश्वर, जिरी, तामाकोशी बेसिनलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने।
८.दोलखाका होमस्टे र गाउँ पर्यटन प्रवद्र्धन गर्ने ।
९.महिला–युवा केन्द्रित होमस्टे, गाउँ पर्यटन र सांस्कृतिक मार्ग विकास गर्ने ।
१०.कृषिमा आधुनिकीकरण गर्ने ।
११.आलु, स्याउ, अलैंची, जडीबुटी, दुग्ध उत्पादनमा व्यावसायिक खेती गर्ने ।
१२.सिँचाइ र पानी व्यवस्थापन गर्ने ।
१३.साना सिँचाइ आयोजना बनाउने लिफ्ट सिँचाइ गर्ने र खानेपानीको समस्याको दीर्घकालीन समाधान पहल गर्ने ।
१४.स्वास्थ्य सेवा सुदृढीकरण गर्न जिल्ला अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा र टेलिमेडिसिन विस्तार ।
१५.प्राविधिक शिक्षा, कृषि, पर्यटन सम्बन्धी सीपमूलक तालिम गराउने व्यवस्थ गर्ने साथै ,युवा उद्यमशीलता कोष, स्टार्टअप, कृषि व्यवसाय र पर्यटन उद्यमका लागि सहुलियत ऋण उपलब्ध गराउने ।
१६.महिला सशक्तिकरणको निम्ती महिला सहकारी, घरेलु उद्योग र नेतृत्व विकास कार्यक्रम अगाडी बढाउने ।
१७.पहिरो, बाढी, भूकम्प जोखिम न्यूनीकरण र सुरक्षित बस्ती कार्यक्रम गर्ने
१८.सबै वडामा इन्टरनेट, डिजिटल सेवा र ई–सेवा केन्द्र, ढुंगा, काठ, कृषि प्रशोधन, हस्तकला उद्योग स्थापना गर्ने,
१९.सुरक्षित सार्वजनिक यातायात, नियमित बस सेवाका निम्ती काम गर्ने
२०.पर्यावरण संरक्षणको निम्ती वन, नदी, हिमाली क्षेत्र संरक्षण र हरित विकास गर्न पहल गर्ने ।
२१.सुशासन र पारदर्शिताका लागि बजेट खर्चमा पारदर्शिता, जनप्रतिनिधिको सार्वजनिक सुनुवाइ गर्ने
२२.दोलखा–काठमाडौँ विशेष विकास प्याकेज बनाउने र संघीय सरकारसँग समन्वय गरी विशेष बजेट र दीर्घकालीन योजना बनाउने ।