यही २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नं १० बाट बरिष्ठ पत्रकार केशबराज अर्याल चुनावी मैदानमा उत्रिएका छन् । कीर्तिपुर वडा नं २ मैत्रीनगर निवासी अर्याल एक बौद्धिक व्यक्तित्व हुन् । पत्रकारितामा स्नाकोत्तर, कानुन र शिक्षामा स्नातक गरेका अर्याल अधिबक्ता समेत हुन् । उनले इतिहास बिषयमा एमफिल गर्दै छन् । अत्यन्त ईमान्दार तथा बौद्धिक व्यक्तित्वका रुपमा परिचित अर्याल प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट आँखा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका हुन् । पत्रकारिता पृष्टभुमिबाट राजनजीतिमा होमीएका अर्यालले लेखेर वा बोलेर जनताका समस्या उठान मात्र गर्न सकिए पनि समस्या समाधान गर्न नीति निमार्ण तहमै हस्तक्षेप गर्नुपर्ने अनुभुती भएपछि उममेदवारी दिएको बताए ।
जेनजी आन्दोलन पछि जनताले बिकल्प खोजेको र आफूहरुको पार्टीले पुराना दलहरुको बिल्कप दिन सक्ने स्पष्ट बिचार र भिजन भएको पनि उनले दाबि गरे । काठमाडौ १० का बासिन्दा र मतदाताले सधै इतिहास रच्ने गरेकोले यो पटक पनि पैसा र पद भएका भन्दा स्वच्छ ईमान्दार स्पष्ट भिजन भएको व्यक्ति जिताउने बिस्वास उनले गरे ।
उनले आफुले क्षेत्र नं १० को बिकासका निम्ती चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा सडक, ढल, खानेपानी र बिजुलीको दिगो व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, स्थानीय स्वास्थ्य चौकी/अस्पतालको सेवा विस्तार गर्ने, वृद्ध/अपांगमैत्री सेवा, स्थानीय सिपमूलक तालिम , भ्रष्टाचार नियन्त्रण र सार्वजनिक खर्चको पारदर्शिता जस्ता बिषयलाई प्राथमिकता दिने बताए । त्यसैगरी १० नं क्षेत्रका ऐतिहासिक/सांस्कृतिक सम्पदाको संरक्षण महिला, दलित, अपांगता भएका व्यक्ति र सीमान्तकृत समुदायका लागि पहुँच योग्य सेवा दिने व्यवस्था गर्न केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारलाई दवाब दिने पनि बताए ।
त्यसैगरी कीर्तिपुरलाई पनि पाटन, काठमाडौ, भक्तपुर जस्तै पर्यटकीय नगर बनाउने ,स्थानिय पार्टी पौवा सार्वजनिक जग्गाको संरक्षण गर्ने । थानकोट,कीर्तिपुर ,दक्षिणकाली बुङमती जोड्ने सडक बाउन सरकारलाई दवाब दिने, दक्षिणकाली चम्पादेबी टौदह, बाघभैरब, उमामहेश्वर, बिष्णुदेवी, चन्द्रागिरि तथा सो क्षेत्रमा रहेका गुम्बाहरुको संरक्षण र प्रबन्धनमा स्थानिय जनसमुदायको सुझाब अनुसार काम गर्ने, त्रिभुवन बिश्व बिद्यालयमा कर्मचारी राख्दा स्थानियलाई प्राथमिकता दिनुपर्ने कुरा दह्रोसँग उठाउने, चोभार सुख्खा बन्दरगाहको बाँकी जग्गामा पार्क निमार्ण गर्ने ।
कीर्तिपुर अस्पतालको स्तरवृद्धि गर्ने, खानेपानी समस्य समाधान गर्ने ,क्रिकेट मैदानको उचित संरक्षण गर्दै अझ सुविधायुक्त बनाउने जस्ता काम गर्ने पनि आफ्ना ऐजेण्डा भएको उनले बताए । त्यसैगरी स्थानिय गुठीहरु तथा क्लबहरुको साथमा रहेर काम गर्ने र सांसद भेट्न जनता जाने होईन आफू जनता भेट्न जनताको पिरमर्का र कुरा सुन्न आफै जनताको घर–घर जाने पनि उनले बताए । उनले १० नं क्षेत्रको विवेकशील जनसमुदायले बिजयी बनाउनेमा ढुक्क भएको पनि बताए ।




















