skip this वडा नं १६ बालाजु च:मती

बजारमा खाना पकाउने ग्यास पर्याप्त छः वाणिज्य विभाग

यतिबेला बजारमा ग्यास अभाव भएको गुनासो आएको छ । बजारमा ग्यास अभावको गुनासो आइरहँदा नेपाल आयल निगमले ग्यास अभाव नरहेको जानकारी दिएको छ ।जाडोमा ग्यासको खपत बढ्ने भएकाले माग बढेको, बजारमा हल्ला भएजस्तो ग्यास अभाव नरहेको साथै चुनावलाई लक्षित गर्दै ग्यास आयातको थप कोटा बढाएको जनाएको छ ।

बजारमा ग्यास अभावको गुनासो आएपछि सोमबार वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले ग्यास उद्योगमा अनुगमन गरेको थियो ।विभागले अनुगमनका क्रममा ग्यास पर्याप्त मात्रामा रहेको पाइएको जनाएको छ ।