काठमाडौं । गुँदे दापा खलःको अग्रसरतामा हाथु द्यः (भैरव) को मुर्ति बनाउने निरन्तर रूपमा अघि बढि रहेकाे छ । बाघभैरव जात्रामा विशेष प्रर्दशनम गरिने हाथु भैरवको मुर्ति स्थापना गर्न अहिले कीर्तिपुरकाे वडा नं १ मा बाघभैरव मन्दिरनिर बिहान करिब ७ बजेदेखि ९ बजेसम्म चिसाेयामकाे प्रवाह नगरि संस्कृति तथा सम्पदा प्रेमीहरू निस्वार्थ रूपमा धातु संकलन (सुन, चादी) तथा अर्थ संकलन कार्य जारी राखेका छन् ।
भक्तपुरको थिमी नगरपालिका स्थित कलाकार गणेश प्रजापतिको घरमा बनाउने कार्य २ बर्षदेखि हाथु द्यः (भैरव) काे मुर्ति बनाउने कार्य भइरहेको छ ।
बाघभैरव मुर्ति जिर्णाद्वार समितिका अध्यक्ष शुद्वरत्न महर्जनले विस. २०७० सालमा बाघभैरवको मुर्ति जिर्णाद्वार गर्ने क्रममा ताम्रपत्र अभिलेख भेट्टाइएको मुर्ति निर्माणमा लागिरहेकाे जानकारी गराउँदै बाघभैरव जात्राका दिन स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनीका साथै समयबजि र हाथु द्यः (भैरव) काे मुखबाट थ्वँ हायेकेगु (प्रसाद) वितरण गरिने चलन रहेको छ ।
उनले मल्लकालकाे पतनसँगै साे संस्कृति बिलिन भएकाेलाई पुनः उत्थान कार्य अहिले स्थानीय जनसमुदायहरूकाे सहभागितामा करिब २ महिनादेखि चन्दा संकलन कार्य भइरहेकाेमा पाँच हजारभन्दा माथि आर्थिक सहयाेग गर्ने श्रद्वालुभक्तजनहरूकाे नाम शिलापत्रमा उल्लेख गरिने जानकारी गराए छ । अहिले मुर्ति धाल्ने कार्य सकिएकाे तथा अागामी चैत्रभित्र कतां कियेगु (कार्भिङ ) सम्पन्न गरिने याेजना रहेकाे जानकारी गराए ।
करिब ८ फिट अग्लो हुने हाथु द्यः (भैरव) बनाउने कार्यमा पाँच हजार ५००० भन्दा बढि सहयोग गर्ने भक्तजन महानुभावको सिलापत्रमा उल्लेख गरिनेछ । हाथु द्यः (भैरव) निर्माणमा सहयताका लागि चन्दा संकलनका साथै धातु संकलन (सुन, चादी) संकलन भइरहेकाे छ ।
आज भन्दा ३ सय २१ बर्ष अघि अर्थात नेपाल संवत् ८२३ मा प्रत्येक बर्ष भाद्र १ गते सिंह संक्रान्ति बाघभैरव जात्राका दिन प्रदर्शन गरि हाथु भैरवको मुखबाट ८४ पाथी चामल को जाँड प्रवाह गरि सम्पुर्णमा समयबजि प्रसाद बाँड्ने परम्परा अभिलेखेमा उल्लेख गरिएकाे छ । विलुप्त भएको हाथु भैरवकाे नयाँ मूति निर्माण कार्य अनुमानित लाग्ने कुल लागत यस प्रकार छ :-
हाथु भैरवको मुर्तिको अनुमानित कुल लागत रु ५०,००,००० (पचास लाख रुपैयाँ) । मुर्ति ढलाईको लागि तामा १०००किलो प्रति किलो रु १५००( का दरले १५००,०००र( पन्ध्र लाख रुपैयाँ। मुर्तिकारको ज्याला बाहेक (मुर्तिकार गणेश प्रजापति ले सम्पुर्ण कार्य श्रमदान गर्नुभएको छ। मुर्ति निर्माण को लागि अन्य सामान रु ३००,०००/- मुर्ति कताँ कियेगु (कुंड्ने काम) अनुमानित लागत रु ५००,०००/- तामा पाताको गहना रु २००,००० /- (शिरको मतुक) (काम पास (छाती को कण्ठी गहना सुन जलप को लागि ४ तोला बजार मुल्य ९-१० लाख। समयबजि र जाँड प्रवाह गरि प्रसाद बाँड्न रु १०००,०००/- (दश लाख रुपैयाँ) को अक्षयकोष। मुर्ति मा रंग, रत्न सजावट, हिटिमुगः, तामा पाइप, अन्य रु ५००,०००र अक्षर रेपी (पाँच लाख) लागत लाग्ने छ ।
आगामी थप जानकारीका लागि रत्न कुमार (९८४१५५११४१), शुद्ध रत्न (९८४१४७९२४४), रामप्रसाद (९८४९५५५३३९) लिन सकिनेछ ।
प्राप्त अभिलेख यस प्रकार रहेकाे छ:-






















