skip this काठमाण्डौं महानगरपालिका ११

प्रत्येक प्रदेशका सांसदसँग ह्वाट्सएप समूह बनाउन प्रधानमन्त्री बालेनकाे निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रत्येक प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै ह्वाट्सएप ग्रुप बनाउने निर्देशन दिएका छन्। मधेस प्रदेशका सांसदहरूसँग बुधबारको भेटमा शाहले पहुँचका आधारमा हुने बजेट विनियोजनको प्रवृत्ति अन्त्य गरी प्राथमिकताका आधारमा बजेट वितरण हुने बताउनुभएको र सांसद मनिष झाले जानकारी दिएका छन्।

झाका अनुसार, कर्मचारीतन्त्र र दलीयकरणबाट नागरिक सेवामा भइरहेको समस्या तत्काल सम्बोधन गर्ने र दीर्घकालीन सुधारका लागि काम अघि बढाउने समझदारी भएको छ। उदाहरणस्वरूप, सुदूरपश्चिम प्रदेशका सांसदहरूले मंगलबार फ्लाइट कम भएको गुनासो गर्दा, आजदेखि नै फ्लाइटको सेड्युल बढाइएको जानकारी प्राप्त भएको छ।

प्रधानमन्त्री शाह यसरी तत्काल समाधान हुने विषयको जानकारी सांसदहरूसँग लिन ह्वाट्सएप समूहमार्फत नियमित संवाद राख्ने योजना बनारहेका छन्।