skip this काठमाण्डौं महानगरपालिका ११

रामबहादुर ‘बादल’ एमाले संसदीय दलको नेता निर्विरोध निर्वाचित,सुहाङले लगाइदिए खादा

रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् ।

आज भएको संसदीय दलको निर्वाचनमा बादलको उम्मेदवारी एकल रही उनी निर्विरोध चयन भएका हुन् । यसअघि सांसद सुहाङ नेम्वाङले पनि नेताका लागि दाबी गरेका थिए, तर अन्तिम समयमा समर्थक र प्रस्तावक नपाएपछि उनले मनोनयन दर्ता गर्न सकेनन् । निर्वाचित पछि, सुहाङ नेम्वाङले बादललाई खादा ओढाएर बधाई दिएका छन्।