जनकपुरधाम, ११ माघ: राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा दुई पदका लागि मतदान सम्पन्न भएको छ । आज बिहान ९ बजेदेखि तीन बजेसम्म भएको निर्वाचनमा तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले राससलाई जानकारी दिनुभयो । मधेश प्रदेशसभाका एक सय सात सदस्यमध्ये एक सय छ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ दुई सय ६७ जनाले नै मतदान गरेको चौधरीले बताउनुभयो । मतदान सम्पन्न भएकाले आजै केहीबेरमा मतगणना गर्ने गरी सर्वदलीय बैठकको तयारी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र र मतगणनाको व्यवस्था गरिएको छ । अन्य ९खुला० र महिलातर्फका दुई सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा हुनुहुन्छ । दुई सदस्यमध्ये अन्य समूहमा नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना ९धनुषा०, नेकपा ९एमाले० बाट कुमारी विजेता झा ९धनुषा० र जनमत पार्टीबाट रामशङ्कर महासेठ ९धनुषा० को उम्मेदारी छ भने महिला समूहमा एमालेबाट उषादेवी थरुनी ९पर्सा०, जनता समाजवादी पार्टी ९जसपा० बाट पूजा चौधरी ९रौतहट० उम्मेदवार हुनुहुन्छ ।




















