इरानसँगको युद्धका कारण अमेरिकामा सरकारी कामकाज ठप्प हुने खतरा

इरान युद्ध र अमेरिकी रक्षा विभाग (पेन्टागन) का लागि ३५० अर्ब डलरको अतिरिक्त बजेट उपलब्ध गराउन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको मागलाई लिएर अमेरिकी संसदमा तीब्र मतभेद सुरु भएको छ । यही विवादका कारण आगामी क्रिसमसअघि नै अमेरिकी संघीय सरकारको कामकाज ठप्प हुने आशंका बढेको छ । दुवै प्रमुख राजनीतिक दलका सांसदहरूले बजेटसम्बन्धी मतभेदका कारण सहमति जुट्न कठिन हुन सक्ने चेतावनी दिएको उल्लेख गरेको छ।

बजेट पारित गर्न समयको चाप अमेरिकी सरकारको हालको बजेट आगामी डिसेम्बर ११ सम्म मात्र मान्य रहनेछ। संघीय सरकारी विभागहरूको कामकाज सुचारु राख्न नयाँ बजेटमा सहमति जुटाउन सांसदहरूसँग अब करिब तीन हप्ताको मात्र समय बाँकी छ। ‘थ्याङ्क्सगिभिङ’ पर्वको एक हप्ते बिदाका लागि संसदको कामकाज स्थगित गर्ने तयारी भइरहँदा दुई दलका सांसदहरूबीच गतिरोध चुलिएको हो।

विशेषगरी १०० सदस्यीय अमेरिकी सिनेटमा यो विवाद निकै गम्भीर देखिएको छ । सिनेटबाट द्विपक्षीय सहमतिमा बजेट प्याकेज पारित गर्न कम्तीमा ६० मतको आवश्यकता पर्दछ।