काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आज ११ बजेदेखि काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुदैछ । सम्मेलन तीन दिनसम्म चल्ने सो पार्टीले जनाएको छ । सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ । पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको नेकपा (माओवादी केन्द्र)ले बताउको छ । यस अघि यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा बिधान मस्यौदामा छलफल भएको थियो । आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारी र गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा भएको थियो ।






















