skip this वडा नं १६ बालाजु च:मती

विश्व सम्पदा बौद्ध चैत्यको पदमार्ग पुन:निर्माण सुरु

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य परिसरको पदमार्ग जीर्ण भएपछि त्यसलाई भत्काएर पुन:निर्माण सुरु गरिएको छ । उक्त सम्पदा क्षेत्रको सौन्दर्य र सुविधामा कमी हुन नदिन बौद्धनाथ क्षेत्र विकास समितिले चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी एक करोड ३२ लाख लागतमा पुन:निर्माण थालेको हो ।

बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न गठन भएको उक्त समितिले त्यस क्षेत्रमा पुन:निर्माणका लागि पुरातत्व विभागले प्राविधिक अध्ययन गरेपछि स्वीकृति प्रदान गरेको समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले जानकारी दिइन् । निर्माणका क्रममा समितिले काठमाडौं महानगरपालिकासँग पनि समन्वय गरेको छ ।

आधुनिक संरचना विकास गर्न नपाइने भएकाले आधुनिक सामग्री प्रयोग गरी प्रचीन स्वरुपको शैलीमा इँटा बिछ्याइनेछ । उनका अनुसार काठमाडौँ उपत्यकामा रहेका प्रचीन चैत्यमध्ये यो सबैभन्दा ठूलो भएकाले बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न कार्ययोजना बनाइएको छ । राससले जनाएनुसार २०७२ सालमा गएको भूकम्पका कारण क्षति पुगेको चैत्य तथा त्यसका हर्मिका, त्रयोदश भुवन, गजुर मर्मतसम्भार गरिएको छ ।