skip this वडा नं १६ बालाजु च:मती

एकै परिवारका चार जनाको शव फेला, हत्यापछि आत्महत्याको आशंका

काठमाडौंको नागार्जुन नगरपालिका–६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका चार जनाको शव फेला परेको छ । कोठा भित्र तीन जनाको र एक जनाको कोठा बाहिर झुण्डिएको अवस्थामा एकै परिवारका चार जनाको शव आज बुधबार भेटिएको हो ।

प्रहरीका अनुसार सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिकास्थित बैराग टोलको एक घरको डेरामा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी सिवानी श्रेष्ठको हत्या भएको देखिएको छ । ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक भने घरभन्दा केही पर झुण्डिएको अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार घरभित्र फेला परेका तीन जनाको शव घरेलु हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ । परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।