skip this वडा नं १६ बालाजु च:मती

नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्बभन्दा बढी

चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । सो अवधिमा नेपालले १२९ देशसँग घाटाको व्यापार गरेको हो ।

समीक्षा अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले सोही अवधिमा जम्मा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको हो । अघिल्लो वर्षको तुलनामा आयात र निर्यात दुबै घट्दा यता घाटा समेत केहीँ घट्न पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेर ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले ८ खर्ब २५ अर्ब ९३ करोड रुपैयाँ घाटा व्यहोरेको थियो ।

तुलनात्मक रुपमा यो वर्ष नेपालको व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ । आयात निर्यातको हिसाबले पहिलो र दोस्रो मुलुक भारत र चीनसँग मात्र नेपालको व्यापारघाटा ८२ प्रतिशत माथि छ ।