सर्लाही । सर्लाहीमा प्रहरीले अपराधीक गतिविधिमा संलग्न दुई जनालाइृ गोली हानेर नियन्त्रणमा लिएको छ। यसरी नियन्त्रमा लिएकामा भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा २४ वर्षीय जितेन्द्र राउत छन ।गएराती प्रहरीले राउत र सिंहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा उनीहरु भाग्न खोजे पछि गोली चलाएको प्रहरीले जनाएकाृ छ ।राउतको दुवै खुट्टामा गोली लागेको छ। उनको आइसियूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। सिंहको अवस्था भने सामान्य छ।

















