skip this वडा नं १६ बालाजु च:मती

आयरल्याण्डले नेपाललाई १२२ रनको चुनौती दिएको थियो

आयरल्यान्डको ‘ए’ टोलीले नेपालसँगको पहिलो ट्वान्टी–२० सिरिजको भिडन्तमा निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो । आयरल्याण्डका लागि स्टेफन डोहेनीले ४६ रन बनाए भने म्याथ्यु हम्फ्रिज र लियाम म्याकार्थीले १६र१६ रन बनाए । फिओन ह्यान्डले ११ रन बनाए पनि अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । नेपालका ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले समान २–२ विकेट लिए भने करण केसी र कुशल मल्लले १–१ विकेट लिए । जवाफमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।