उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नु पर्नेमा काग्रेस अडिक

काठमाडौँ । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकमा सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति लिएर लिएर नआए काग्रसले सहेर नबस्ने बताएका छन
शर्माले भने–‘अब आजको बैठक पछाडि आउँदै गर्दा सरकारलाई अपिल छ, आउँदो बैठकमा संसदीय छानबिन समिति लिएर आओस । उनले काग्रेसको संस्थागत निर्णय प्रतिपक्षमा बस्ने भन्ने भएकोले सत्ताको खेलमाकाग्रेस नभएको पनि बताए ।उनले काग्रेसबाट कसैलाई प्रधानमन्त्री पद किस्तीमा राखिएको छ भन्ने भ्रममा नपर्न पनि आग्रह पनि गरे ।