सुनसरीमा झडप, ६ राउण्ड गोली चल्यो

सुनसरीको भुटाहामा झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । दुई समूहबीच झडप भएपछि हरिनगर गाउँपालिका–१ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो ।

साथै, प्रहरीका अनुसार दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर भएको र दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

उता सामाजिक संजालमा भने दुई समूहबीच झडप हुँदा दर्जनौ युवाहरू घाईते भएको र दुई जनालाई गोली लागेको जानकारी दिइएको छ । घाईतेहरू मोरङको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत छन् ।