लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । आज शुक्रबार बसेको प्रदेश सभा बैठकमा महराले विश्वास मत प्रस्ताव राखेका थिए ।
मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेस गरेको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा २८ मत परेको थियो । प्रदेश सभा बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रस्तावका पक्षमा ४८ मत परेको र प्रदेशमा हाल कायम रहेको कूल सदस्य संख्या ८६ जनाको बहुमत भएकोले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।
अर्को बैठक बैशाख २ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।


















