युनिलिभरको बदमाशी

सरकार किन मौन छ ? मिलेमतोको आशंका

ख्यातिप्राप्त बहुर्राष्ट्रिय कम्पनी युनिलिभरले आफ्ना सोझा नेपाली उपभोक्तालाई दिनदहाडै ठगी गरेको पाइएको छ । युनिलिभरले उपभोक्ता फकाउन टेलिभिजनको विज्ञापनमा १०० ग्राम तौल भएको साबुनको उपभोक्ता मूल्य रु.४५ भनि विज्ञापन गरिरहेको छ भने बजारमा १०० ग्राम तौलको साबुन रु.५० मूल्य अंकित गरि उपभोक्ता ठगिरहेको छ ।

सान न्युज सम्वाददाताले बजारमा गएर लाईफ ब्वाए साबुन खरिद गर्दा रु.५० अंकित १०० ग्रामको साबुन खुलेआम बिक्री वितरण भइरहेको पायो । यस सम्बन्धमा सरोकारवाला कम्पनीसँग सम्पर्क गर्न खोज्दा कम्पनीका अधिकारीले गैर जिम्मेवार उत्तर दिएर पन्छिन खोजे ।

यसरी उपभोक्तालाई दिनदहाडै ठगि गर्ने कम्पनीविरुद्ध अनुगमन गर्ने निकायले कारबाही गर्नुपर्नेमा सरोकारवाला निकाय मौन छ । कतै यसमा अनुगमन गर्ने संस्था र युनिलिभरबीच साँठगाँठ त छैन ? सम्बन्धित निकायको ध्यान पुगोस । कतै काले-काले मिलेर भाले खाने जोहो त गरेको होईन ? आम उपभोक्ताको प्रश्न छ ।