काठमाडौको बुद्धनगरमा संञ्चालीत सपना बाटीका स्कुलले सार्वजनिक जग्गा मिचेर आलिसान भवन बनाएको पाईएको छ । जनता समाजबादी पार्टीका नेता एवं पुर्व शिक्षामन्त्री असोक कुमार राई र सांसद सुशिला श्रेष्ठले संचालन गर्दै आएको उक्त स्कुलले सार्वजनिक जग्गा मिचेको उजुरी स्थानियबासीले बिगत देखिनै सरोकारवाला निकायमा गर्दै आएको बुझिएको छ । तर राई दम्पत्तिको सत्तामा पहुँच भएका कारण स्थानिय बासिन्दाले उजुरी गरे पनि बिगतमा उजुरी उपर सुनुवाई भएको थिएन । बालेन शाह मेयर भएर आए पछि भने काठमाडौ महानगरपालिकाले छानबिन अगाडी बढाएको थियो । छानबिन गर्दा स्कुलले सार्वजनि जग्गा मिचेको पाईएको छ । महानगर स्रोतका अनुसार काठमाडौ महानगरपाकिको एक टोली स्कुलमा पुगेर सार्वजनिक जग्गा मिचेर बनाएको पर्खाल भत्काउन चेतावनी दिई सकेको छ । यदि राईले आफै पर्खाल नभत्काए महानगरले डोजर लगाउने र त्यसको क्षेतीपुर्ति समेत स्कुलबाटै भराउने योजनामा महानगर रहेको बुझिएको छ ।

भाषणमा समाजबादको नारा दिने पुर्बमन्त्री राईको सक्कली अनुहार उदाङ्खीएको छ । समाजमा लाज पचाउन नसके पछि उनी सार्वजनि हुन छाडेका छन । आफु शिक्षा मन्त्री हुँदा सार्वजनिक बिद्यालयलाई सवल बनाउने भन्दा निजि बिद्यालयको हितमा नीति बनाउने राई हेर्दा मात्र भलाद्मी ब्यबहारमा उनका अर्का नेता उपेन्द्र यादबकै फोटोकपि भएको पनि उनलाई नजिकबाट चिन्नेहरुले बताउन थालेका छन ।


















