राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक पुर्ब उपप्रधान मन्त्री राजेन्द्र महतोले नेपालमा अहिले सम्म भएका सबै क्रान्ति अपुरा भएकोले आफुले अधुरा क्रान्ति नामक बायोग्राफि पुस्तक लेखेको बताउनु भएको छ । आज राजधानिको प्रज्ञा प्रतिष्ठानमा आयोजित महतोद्धारा लिखित अधुरा क्रान्ति नामक बायोग्राफि पुस्तकको बिमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै आफुहरुलाई नेपाली नभनि भारती भन्ने पटक पटक यो नेपाली होईन भनि नागरिकताको कुरा उठाँउने गर्दा आफुलाई पिडा बोध हुने पनि बताउनु भयो । पुस्तक बिमोचनमा प्रमुख अतिथि राजनीतिक बिष्लेषक सि .के लाल ले पुस्तकले राजेन्द्र महतोले गरेको आन्दोलन, मधेश आन्दोलन बारे राम्रो जानाकारी दिने बताउदै पुस्तकमा अलि बढि आफ्नामात्र कुरा राखेको बताउनु भयो । पस्तक माथि पत्रकार कनकमणि दिक्षित , मानअधिकार आयोगका पुर्ब सदश्य मोहोना अन्सारी, मधेश नीति आयोगका पुर्ब सदश्य डा सोहन शाह ,अष्टेलियाका लागि पुर्ब नेपाली राजदुत महेश दाहाल ,अभियान्ता बुद्धि छिरिङ मोक्ततान त्रि बि बि जनसंख्या बिभागका प्रमुख बालकृष्ण माहोबाङ लगायतले पुस्तकमाथि टिप्पणी गर्नु भएको थियो ।


















