काठमाडौं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य संस्थाहरुलाई चाहिने मेसिन एवं स्वास्थ्य सामग्री खरिद गर्दा ब्यापारी संग भित्रि सेटिङ मिलाउन छोरालाई खटाएको स्वाथ्य क्षेत्रमा चर्चा चल्ने गरेको छ । स्वाथ्य मन्त्रालयका एक कर्मचारीले भने उपेन्द्र यादब स्वास्थ्य बनेसँगै उनका छोरा अमरेन्द्र यादब मेडिकल उपकरणका आपूर्तीकर्ता एवं टेण्डर आव्हान गरेका सरकारी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य सेवा विभागका कर्मचारीसँग भेटघाट तीब्र बनाएका छन । जनता समाजबादी पार्टीबाट बिराटनगरको मेयर लडेर पराजित अमरेन्द्र पहिला बिराटनगर बस्ने भए पनि अहिले प्राय काठमाडौ तिरै हुन्छन । ती कर्मचारीले भने उनको संगत अहिले उमेश अग्रवाल संग छ । अग्रवाल सरकारी अस्पतालहरूमा मेसिन एव स्वास्थ्य सामग्रीको टेण्डर हाल्ने ब्यापारी हुन । यद्यपी मन्त्री यादबले भने अहिले मेसिन, औजार तथा उपकरणको खरिद नभएको दाबि गरे । तर कर्मचारीले स्रोतले भन्यो अहिले नयाँ भन्दा पनि पूर्वमन्त्री मोहन बस्नेतको पालामा प्रक्रिया अगाडि बढेका र खरिद सम्झौताहरू भएका छन अहिलेमन्त्री यादवले तीनै मेसिन, औजार तथा उपकरण खरिदको प्रक्रिया छोरालाई सेटिड मिलाउन लगाएको आशंका छ । नेपालमा स्वास्थ्य क्षेत्रका मेसिन, औजार तथा उपकरणको खरिदमा ठुलो भष्टाचार हुने गरेको छ । ।


















