सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको बस आज शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको हो ।
घटनास्थलमै रहेका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले तीन जनाको मृत्यु भएको र दुलहासहित ३२ जना घाइते भएको जानकारी गराए । उनका अनुसार गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ । दुलहासहित अन्य घाइतेको वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ ।


















