क्याप्टेन शेर्पा निलम्बनमा

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण उनलाई आइतबार निलम्बन गरिएको क्यान प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।’