बझाङ उपनिर्वाचन: सर्वदलीय बैठकपछि मतगणना हुने

बझाङ प्रदेशसभा(१)मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहिता तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने छ ।

शनिबार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।