ललितपुरको गोदावरीस्थित वनको डढेलो निभाउने क्राममा तीन घाइते

ललितपुरको गोदावरीस्थित बडिखेल वनमा केही दिनेदेखि लागेको डढेलो निभाउने क्रममा तीन जना घाइते भएका छन् । आज मंगलबार डढेलो निभाउने क्रममा तीनजना घाइते भएका गोदावरी नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख गजेन्द्र महर्जनका अनुसार उपचारका निम्ति घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर र कीर्तिपुर बर्न अस्पतालमा पठाइएको छ । त्यस्तै, गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ । अहिले डढेलो नियन्त्रणका निम्ति स्थानीय तह, प्रहरी जुटेका छन् ।