काठमाडौंको भैंसेपाटीस्थित चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्कमा अज्ञात समूहले आक्रमण गरेको छ । प्रवक्ता मधुसूदन पौड्यालका अनुसार आज शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको समुहले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात भएको छ ।
उनका अनुसार सो समूहले कार्यालय तोडफोड गरेको छ भने पुरुष र महिला कर्मचारीमाथि हातपात गरेको छ । फुड्स पार्कमा आउनासाथ उनीहरुले नेपाल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । चौधरी ग्रुपका व्यवस्थापकहरुप्रति पनि अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ । प्रहरीले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जनाएको छ ।



















