दुर्गा प्रसाईं निकट युवाले गरे दुइवटा बैंकमा तोडफोड

काठमाडौं : बैकहरुबाट ऋण लिएकालाई ऋण नतिर्न आग्रह गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरूले झापाको बिर्तामोडमा रहेका एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखा कार्यालयमा तोडफोड गरेका छन्। ऋणीलाई टर्चर दिएको भन्दै उनीहरुले तोडफोड गरेका हुन्। प्रहरीले तोडफोडमा संलग्न चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।घटनामा संलग्न भएको आरोपमा बुद्धशान्तिका अन्जेस राई मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोले जनाएको छ । पप्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो।