संघिय परिषद अध्यक्ष अशोक राई, राजेन्द्र श्रेष्ठ सहितका नेताहरुले पहिचानको मुद्धा छाड्नु दु:खद कुरा हो

दिलबहादुर तामाङ ,केन्द्रिय समिति सदस्य ,जसपा , नेपाल

 

तपाईहरुको पार्टी जनता समाजबादि पार्टी  नेपालका संघिय परिषद अध्यक्ष अशोक राईले हालै पार्टी विभाजन गर्नु भयो,यसलाई कसरी लिनुभएको छ ?
संघिय परिषद अध्यक्ष अशोक राई सहितका नेताहरुले जसरी पार्टी विभाजन गर्नु यो मधेश र आदिवासीको हितमा र्छैन । मलाई त कता कता मधेश र आदिवासीको हित नचाहनेले उहाँहरूलाई प्रयोगरे कि भन्ने लाग्दछ । उहाँहरू अरू कसैको खेलौना बन्नु भएको त होईन ? यद्यपी यसले ठुलो असर पर्दैन किनकि हाम्रो केन्द्रीय समितिमा ३९० केन्द्रीय सदस्यमा हुनु हुन्छ त्यसमा एक तिहाई जतिले पार्टी छाड्नु भएको छ ।सबै संगठन यथावत नै छ । केही व्यक्ति महाधिबेसनबाट तर्सिएर बाहिरिनु भएको हो ।
उहाँहरू अरू कस्को ईसारामा चल्नु भयो ?
यसमा दुई बटा कुरा छन एउटा त आगामी महाधिबेसन फेस गर्न उहाँहरु डराउनु भयो । अर्काे उहाँहरुलाई मधेश र आदिवासीको हितमा नचाहनेले प्रयोग गरे । हाम्रो अध्यक्ष ज्युले त प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कसैले उपेन्द्र यादबले सरकार बदल्न खोज्दै छन भने पछि पार्टी फुटाएको संकेत तपाईहरुलाई गर्नु भयो को भन्ने तपाई पत्रकारले बुझि सक्नु भएको छ म बोल्नै पर्दैन ।
विभाजित दलले निर्वाचन आयोगबाट मान्यता पाइसक्यो, एक तिहाई मात्र भनेर हुन्छ ?
निर्वाचन आयोग कसको ईसारामा चल्यो बोल्नै पर्दैन सबैलाई थाहा छ । आयोगले हतार गरेर जसरी दल दर्ताको प्रमाण पत्र दियो ।यसबाटै कसले गराएको प्रष्ट हुन्छ । नेपालको इतिहासमा पहिलो पटक यति छिटो पार्टी दर्ता गरियो,’ अध्यक्ष यादव बिदेश भएको बेला असंवैधानिक र गैरकानुनी तरीकाले अर्काे पार्टी पार्टी दता गर्यो । यो मान्य छैन । त्यसका बिरुद्ध हामी अदालतमा गईसकेका छौ ।
अब के गर्नु हुन्छ ?
निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध हामी रिट लिएर सर्वोच्च अदालत गएका छौ । हामीले अदालतको फैसला कुर्छाै । हामी बिस्वस्त छौ अदालतले न्याय दिन्छ ।
तपाईहरु अहिलेको सरकारमा बस्ने कि समर्थन फिर्ता लिने ?
यो विषयमा पार्टीमा छलफल हुन्छ । सरकारलाई बिगतमा दिएको समर्थन यथावत छ । भाविदिनमा कसरी अगाडी बढ्ने त्यो सरकारको ब्यबहारमा पनि भरपर्दछ ।
तपाईले अशोक राईलाई दोष दिए पनि पार्टी फुटाउने पक्षले उपेन्द्र यादब निरकुश भएकोले पार्टी फुट्यो भन्छन नि ?
यो अध्यक्षज्युलाई बद्नाम गर्न लगाईएको निराधार र कपोकल्पित आरोप हो । पार्टीको महाधिबेशनको मिति तोकि सकेपछि आफ्ना कुरा महाधिबेसनमा नराखि पार्टी फोड्ने ले यस्तो आरोप लगाउन मिल्दैन । यो पार्टी विभाजन गरे पछि जनता र कार्यकर्तालाई भ्रम छर्न लगाइको आरोप हो । महाधिबेसनबाट बिगतको आधिपत्य अन्त्य हुने देखे पछि पार्टी छाड्नु भयो । केही व्यक्तिलाई मधेश र आदिवासीको हित नचाहनेले प्रयोग गरे । उहाँहरुले आफ्नो महत्वाकांक्षा पुरा गर्न र व्यक्ति केन्द्रित फाइदा उठाउने उद्देश्यले पार्टी विभाजन गर्नु भएको हो । पार्टी फुटाउने काम गैरकानुनी र असंवैधानिक छ , देश जनाको चाहान बिपरित छ आफु कार्यबाहक अध्यक्ष भएर पार्टी फुटाउने अध्यक्षलाई प्रयोग गरी पटक–पटक मन्त्री बन्ने अनी उल्टो अध्यक्षलाई दोष दिने ? यो अनैतिक कार्य हो । बरु संघिय परिषद अध्यक्ष अशोक राई, राजेन्द्र श्रेष्ठ सहितका नेताहरुले पहिचानको मुद्धा छाड्दै तामाङ लगायताका अन्य जनजातीले उठाएको मुद्धा बिचमै छाड्नु भयो । अध्यक्ष यादब संघियता र मधेशी , आदिबासी जनजाती , दलित ,मुस्लिम सहित सबै अल्पसंख्यकको अधिकारका निम्ती निरन्तर लाग्ने र प्रजाताीन्त्रक अभ्यासमा बिश्वास गर्ने ब्यक्ति हुनु हुन्छ । उहाँलाई यस्तो आरोप लगाउनु अनैतिक हो ।
अन्त्यतर्फ जाउँ यहाँहरुको महाधिबेशन यहि जेठ अन्तिम हप्ता हुने घोषण भएको छ , पार्टी फुटले केही असर पर्द छ कि ?
पर्दैन महाधिबेसन तोकिएकै मितिमा हुन्छ ।
तपाई जेठमा हुने महाधिबेसनमा उम्मेदबार बन्ने योजना छ कि छैन ?
हामीे हिमाल ,पहाड, तराई सहित सबै जाती क्षेत्र बर्गको समाबेसी पार्टी बनाउन चाहन्छौ । म आफु पहाडको जनजाती त्यसमा पनि तामाङ समुदायको ब्यक्ति हुँ । साथिभाई संग सल्लाह गरि आफु उठ्ने नउठ्ने र को साथिलाई कहाँ बाट प्रतिनित्व गराउने सामुहिक छलफल गरि निर्णय गर्ने छु ।