काठमाडौंको बत्तीसपुतलीमा दुई समूहबीच झडप, मोरङका २४ वर्षीय युवाको मृत्यु

काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको हो ।

उनेल भने, ‘गएराति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।