क्रिकेटर लामिछानेको कानुनी टीममा बिडारी हायर

उच्च अदालतमा विचाराधीन मुद्दाका लागि क्रिकेटर सन्दीप लामिछानेले कानूनी टीममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीलाई हायर गरेका छन् । सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टीम छ, जसमा केही कहलिएका नामहरू छन । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए । यस्तै, वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, मुरारी सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन ।

टीमको संयोजन भने अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन् । जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको हो । अहिले बिडारी थपिएपछि सन्दीपको टीम थप मजबुत बनेको छ । देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी राजनीतिज्ञसमेत हुन । अहिले बिडारी थपिएपछि सन्दीपको टीम थप मजबुत बनेको छ । देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी राजनीतिज्ञ समेत हुन ।

सन्दीपको मुद्दामा अर्को पेसी १ जेठलाई तोकिएको छ । यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो । अहिलेसम्म एक पटक भएको सुनवाइमा सन्दीपको एक मात्रै वकिल मुरारी सापकोटाले बहस गर्ने मौका पाएका छन । पटक-पटक पेसी सरिरहेकाले पर्सी तोकिएको सुनवाइ पनि हुन्छ भन्न सकिने अवस्था छैन ।

गौशाला २६ का वकिलहरू मुद्दा पछाडि धकेल्ने प्रयासमा छन् । सकेसम्म विश्वकप पछाडिसम्म धकेल्न पाएको खण्डमा परिस्थिति फेरबदल हुनेर आफूहरूको पक्षमा फैसला आउने आशा उनीहरूलाई छ । सन्दीपको पक्ष भने चाँडै सुनवाइ होस भन्ने पक्षमा छ । यदि मुद्दाको चाँडो किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा भाग लिन सक्ने अवस्था हुनेछ ।