हाङपाङ धोद्रे मिचिरिङ खानेपानी योजनामा पुराना पाईप राखेर नयाँ पाईपको पैसा असुली

ताप्लेजुङस्थित आठराई त्रिवेणी गाँउपालिका हाङपाङ वडा नं.३ मा रहेको हाङपाङ धोद्रे मिचिरिङ खानेपानी योजनामा लाखौंको भ्रष्टाचार भएको समाचार हामीले यस अघिनै प्रकाशित गरेका थियो । अहिले सोही परियाजनाले पुराना पाईप राखेर काम अगाडी बढाई रहेको छ । काम गर्दा पाईप जति गहिराईमा राख्नु पर्ने त्यो पनि नभएको स्थानियले बताए छन । सो परियोजनामा काम सुरु हुनुभन्दा अगाडि नै गाउँपालिकाले ५८ लाख रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परि सकेको छ । माघ ७ गते अख्तियारमा दर्ता गरेको उजुरीको नम्बर सी–०४३२३२ रहेको छ । उजुरीमा गाउँपालिका अध्यक्ष दिपेन पोमु, प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई, लेखापाल भेषराज निरौला, इन्जिनियर जिवन भण्डारीसमेतको मिलेमत्तोमा भ्रष्टाचार भएको दाबी गरिएको छ । सरोकारवाला निकायले समयमै कारवाही नगर्दा गलत गर्नै हरुको मनोबल झन बढ्दै गएर अहिले धमाधम पुराना पाई राखि रहेका छन । राख्दै गरेको भिडियो हाम्रो फेसबुक पेजमा समेत हामीले राखेका छौ ।कूल एक करोड ६३ लाखमा ठेक्का लिएको उक्त योजनामा यस अघि समाचार बनाउँदा सामान झारेका थिएनन अहिले पाईप झारेर राखेका छन तर पाईप पुराना छन र जति गहिरो खनेर राख्नु पर्ने त्यसरी राखिएको छैन । यसै विषयमा बुझ्न खोज्दा गाविस अध्यक्ष पोमुसँग सम्पर्क हुन सकेन ।