नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाई इसिडी शिक्षामा सुधारको माग गर्दै बिगत तीन दिन देखि दैनक बिहान १० बजे देखि साँझ ५ सम्म माइतिघर मण्डेलामा उभिएर बिरोध प्रदर्शन गरिरहेका छन । ‘गुणस्तरीय शिक्षाको आधार, इसिडी शिक्षामा सुधार’ नारा लेखिएको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ती उभिएर बिरोध गरिरहेको उनले बताए ।
चपागाईले भने ‘ अहिले आन्दोलन गर्ने तरीका बदलिएको छ, सडक जाम गरेर काम गरिरहेकालाई बेरोजगार गराएर यहाँ ल्याउन हुँदैन, त्यसैले म एक्लै उभिएर राज्यलाई दबाब दिएको हुँ, । उनले सरकारी विद्यालयमा बाल शिक्षा प्रभावकारी छैन, नीतिगत त्रुटि छन्, सुविधा छैन, यी व्यवस्था हुनुपर्छ भन्ने मेरो माग हो।’
सरकारले सञ्चालनमा ल्याएको हालको प्रारम्भिक बाल विकास इसिडी जम्मा एक तहको छ। त्यसैगरी सरकारले नै निजी विद्यालयलाई ४ तह (प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी) को मान्यता दिएको छ। ‘यहीँनिर नीतिगत विरोधाभाससहित गम्भीर कमजोरी रहेको बताउदै उनले यसलाई सच्याएर कम्तीमा समान तीन तहको इसिडीको व्यवस्था गर्नु पर्ने बताए । ‘बालबालिकाको सिकाई भनेको खेलाई पनि हो,’ आज हाम्रो विद्यालयमा भएको कक्षा कोठा बालमैत्री छैनन्, पर्याप्त सिकाई सामाग्री, खेल सामग्री र उपयुक्त पाठ्यक्रम पनि छैन, त्यसैले यसै आर्थिक वर्षबाट इसिडीलाई भौतिक संरचना, सिकाई सामाग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन हुनु पर्दछ भन्ने आफ्नो माग रहेको उनले बताए ।
अहिले कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोट जिल्लाका स्थानीय तहले प्रति विद्यार्थी दैनिक रु २० र अन्य दिएको बताउदै दिन्छन । यो रकम प्रति विद्यार्थी न्यूनतम ५० खाजा खर्च अबको बजेटबाटै व्यवस्था गर्नुपर्ने उनको अर्को माग छ । उनले माग पुरा नभए ५ गतेपछि उभिने घण्टा बढाउने पनि बताए । शुक्रबार उनको आन्दोलनमा एैक्यबद्धता जनाउन समाजबादी पार्टीका नेता कार्यकर्ता पनि माईतिघर मण्डला पुगेका थिए ।

















