नदीमा नुहाउन गएका २ जना मृत भेटिए

सल्यानमा नुहाउन गएका कालिमाटी गाउँपालिका – ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र ५ वर्षीय सुवास परियारको मृत भेटिएका हुन्। उनीहरु शनिबार दिउँसो बबई नदीमा नुहाउन गएका थिए। बेलुका हुँदापनि घर नर्फिएपछि उनीहरुको खोजी सुरु भएको थियो। बेलुका ८ बजे घरदेखि करिब एक किलोमिटर पर दक्षिण तर्फ दिलबहादुर र सुवास अचेत अवस्थामा फेला परेका थिए।

दुवैलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।