न्याय सेवा आयोगले सहसचिवहरुको बढुवा गरे

न्याय सेवा आयोगले आइतबार बसेको बैठकले न्याय सेवाका एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो ।

कामू नायव महान्यायाधीवक्ता खेमराज ज्ञवाली महान्यायाधीववक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधीवक्तामा बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् ।

आयोगले सर्वोच्च अदालतका सह-रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषदको सचिवमा बढुवा गरेको छ । अनि न्यायपरिषदका कामू सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो ।