काठमाडौँ, ११ जेठ: प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु बालुवाटारमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

















