इच्छाकामना–५ नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुलनजिकै सडक छेउमा नाला खन्नेक्रममा आइतबार बिहान माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरी गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार गम्भीर घाइते चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।
पहिरोमा पुरिएर एक्सकाभेटर पूर्ण रुपमा क्षति भएको छ। पहिरोले ना ५ ख १५११ नम्बरको ट्रकलाई पनि असर गरेको डिएसपी रिजालले बताए।


















