उत्तर कोरियाले दोस्रो सैन्य जासुस भूउपग्रह लन्च गर्न लागेको छ । आगामी हप्ता सो भूउपग्रह लन्च गर्ने तयारीमा रहेको छ। ।दक्षिण कोरिया, जापान र चीनका नेताहरू सोलमा पहिलो त्रिपक्षीय बैठकका लागि भेट्दै गर्दा सो जानकारी आएको हो । उत्तर कोरियाले सेटलाइट रकेटको लन्चबारे जापानको तटीय सुरक्षा (कोष्ट गार्ड) लाई जानकारी दिएको छ ।
जापानको कोष्ट गार्डले समुद्री सुरक्षा जानकारी पूर्वी एसियामा समन्वय र प्रसार गर्ने भएकोले उत्तर कोरियाले जापानलाई प्रक्षेपणबारे जानकारी दिएको हो । अन्तरिक्षबाट निगरानी सञ्चालन बनाउन गएको नोभेम्बरमा उत्तर कोरियाले आफ्नो पहिलो सैन्य जासुस भूउपग्रह प्रक्षेपण गरेको थियो । सो भूउपग्रह प्रक्षेपणपछि कोरियाली प्रायद्विपमा तनाव बढेको थियो । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई कुनै पनि प्रकारका भूउपग्रह प्रक्षेपणमा बन्देज लगाएको छ ।

















