अर्थमन्त्री वर्षमान पुनले विद्युत उत्पादन क्षमता बढेको बताएका छन् । आज मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्ने क्रममा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १६ वर्ष पुगेको स्मरण गर्दै उनले विद्युत उत्पादन बढेको बताएका हुन् ।
लोकतान्त्रिक गणतन्त्रपछि विद्युत उत्पादन सात सय मेगावाटबाट बढेर तीन हजार ६० मेगावाट पुगेको उनले बताए । संघीय संसदको संयुक्त बैठकमा बोल्दै अर्थमन्त्री पुनले कुल गार्हस्थ उत्पादनलगायत सामाजिक तथा आर्थिक विकासमा देशले फड्को मारेको बताए ।


















